काठमाडौं-रोजगारदाताले महंगोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा रोजगार नपाउने बाध्यतालाई सहजीकरण गर्न नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले 'हायर मी नेपाल' प्रोग्राम सञ्चालनमा ल्याएको छ।
कोरोना संक्रमण र लामो समयको लकडाउनका कारण विश्वका प्रत्येक देशमा लाखौं मानिसले रोजगारी गुमाइरहेको अवस्थामा 'हायर मी'ले दक्ष जनशक्ति उत्पादन गरेर सम्बन्धित कम्पनीमा सम्पर्क गराउने छ। नेशनल एकेडेमीले दक्ष जनशक्ति उत्पादन गर्ने तयारी गरिरहेको छ।
तत्कालका लागि कम्पनीले रोजगारदाता कम्पनी र श्रमिकका बीचमा पुलको काम गर्ने छ। अहिले लन्च गरिएको वेबसाइटमार्फत् नेपाली नागरिकले काम खोज्न सक्ने छन्। जनशक्ति आवश्यक पर्ने कम्पनीले हायरमी नेपालसँग संझौता गर्नेछ।
नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा स्थानीयस्तरमा रोजगार सेवा केन्द्रको स्थापना गर्ने अवधारणाअनुसार हायर मीले पनि रोजगार दिने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरेको हो। हायर मी नेपालको (https://hiremenepal.com/) वेबसाइटमार्फत् लाखौ मानिसलाई रोजगारी उपलब्ध गराउने कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराइले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।