काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंक बोर्ड बैठकले शुक्रबार मौद्रिक नीति पारित गर्ने र भोलि नै सार्वजनिक गर्ने कार्यतालिका बनाइएको छ। गभर्नर महाप्रसाद अधिकारीले ल्याउन लागेको यो पहिलो मौद्रिक नीति हो।
कोभिड १९ महामारीका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रका विविध क्षेत्रलाई राहतसँगै पुनरोत्थानका प्याकेजको अपेक्षा मौद्रिक नीतिमार्फत राखिएको छ। खासगरी सहज ऋण र ब्याजदर, पुनर्कर्जा सुविधा, रोजगारी सिर्जना तथा उद्यमशीलता विकास र वित्तीय सुधारसँग सम्बन्धित प्याकेज र नीतिको अपेक्षा राखिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाको नियमन र सुवरीवेक्षण सँगसँगै वित्तीय साधन परिचालनका लागि केही नयाँ व्यवस्था ल्याउने आंकलन गरिएको छ।
शुक्रबार बिहान बस्ने राष्ट्र बैंक सञ्चालक समिति बैठकले थप निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।