काठमाडौं-नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजैदेखि लागू हुने गरि सन्तोष प्रसाईंलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्त भएसँगै उपप्रमुख कार्यकारी अधिकृत प्रसाईंले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन्। असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन्। यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको अनुभव सम्हालिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।