काठमाडौं-अर्थमन्त्री डा युवराज खतिवडाले गत आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ४१ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले राखेको राजस्व लक्ष्यको संशोधित अनुमानभन्दा १४ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको बताएका हुन्।
सरकारले गत आर्थिक वर्ष ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ बराबर राजस्व संकलनको सुरुवाती लक्ष्य राखेको थियो। तर बजेटको अर्धवार्षिक समीक्षा र चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा गरी २ पटक राजस्व संकलन र बजेट खर्चको लक्ष्य संशोधन गरेको थियो।
दोस्रो पटक राजस्व संकलन लक्ष्य परिमार्जन गर्दै सरकारले गत आर्थिक वर्षमा ८ खर्ब २७ अर्ब रुपैयाँ उठ्ने अनुमान गरेको थियो। तर उक्त अनुमानभन्दा १४ अर्ब रुपैयाँ बढी राजस्व उठेको अर्थमन्त्री खतिवडाले अर्थ समितिलाई जानकारी गराएका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।