• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आर्थिक अनियमितताको अखडा : महालेखापरीक्षक

64x64
नेपाल लाइभ बुधबार, असार ३१, २०७७  १९:२५
1140x725

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ५७ औं वार्षिक प्रतिवेदनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गतवर्ष सम्पन्न गरेका आधा दर्जन काममा प्रचलित नियम कानुन मिची आर्थिक अनियमितता भएको जनाएको छ। महालेखापरीक्षकको प्रतिवेदन हेर्दा यो आयोजना आर्थिक अनियमितताको नयाँ अखडाका रुपमा देखिएको छ। 

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ११४ मा अर्थमन्त्रालयको सहमति लिई आर्थिक कार्यविधिसम्बन्धी आन्तरिक निर्देशिका बनाई लागू गर्न सक्ने प्रावधान छ। तर कृषि आधुनिकीकरण परियोजनाले अर्थ मन्त्रालयको स्वीकृतिबिना सचिवस्तरबाट शीत भण्डार गृह स्थापना र कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७४ स्वीकृत गरेको र २०७५ असोज ११ गते मन्त्रीस्तरबाट संशोधन भएको देखिन्छ।

अघिल्लो आर्थिक वर्षसम्ममा परियोजनाले कार्यक्रमअन्तर्गत १० जना लाभग्राहीसँग सम्झौता गरी २४ करोड ३० लाख रुपैयाँ अनुदान दिइएको छ। अर्थ मन्त्रालयको सहमतिबिना निर्देशिका कार्यान्वयनमा ल्याउनु उपयुक्त नरहेको महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ र नियमावलीको नियम १० मा निर्माण कार्यको लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ। तर कृषि आधुनिकीकरण परियोजनाले ८४ करोड ५६ लाख रुपैयाँ बराबर लागत अनुमान रहेको ८ शीतभण्डार गृह निर्माणको लागि गतवर्ष २२ करोड १९ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। उक्त कार्यको लागत अनुमान तयार गर्दा सम्बन्धित जिल्लाको स्वीकृत जिल्ला दररेट तथा नर्म्स आधारमा नगरी गत वर्ष एक परामर्शदाताले नुवाकोटको शीतभण्डार गृह निर्माणका लागि तयार गरेको लागत अनुमानलाई आधार लिई धादिङ, धनुषा, कैलाली‚ सर्लाही‚ कपिलवस्तु‚ सुनसरी‚ मोरङ र झापामा निर्माण गरिने शीतभण्डार गृहको लागत अनुमान तयार गरेको देखिएको छ। यसबाट लागत अनुमान यथार्थपरक नदेखिएको र नियमविपरीत लागत अनुमान तयार गरी स्वीकृत गर्ने पदाधिकारीलाई कारबाही गरिनुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। 

आयोजनाले काम गर्दा उपभोक्ता समितिसँग भएको सम्झौताअनुसार रकम भुक्तानी गर्नुपर्दछ। तर नुवाकोट जिल्लामा शीतभण्डार गृह निर्माण कार्यको लागत अनुमान १८ करोड ७८ लाख रुपैयाँ बराबर रहेकोमा १० करोड ५० लाख रुपैयाँ अनुदान दिने गरी एक निजी कम्पनीसँग अनुदान सम्झौता भएको महालेखा प्रतिवेदनमा उल्लेख छ। सम्झौताबमोजिम उपलब्ध गराएको पेस्की २ करोड ५६ लाख रुपैयाँ रनिङ बिलबाट कट्टा नगरी ११ करोड ५ लाख ५९ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ।

Xtrem
Xtrem

उक्त कम्पनीसँग भएको सम्झौताभन्दा बढी भुक्तानी गरेको ५५ लाख ५९ हजार असुलउपर गरिनुपर्ने पनि महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ उपनियम ९४० मा उपभोक्ता समितिलाई निर्माण कार्यको भुक्तानी दिँदा लागत अनुमानमा रहेको मूल्य अभिवृद्धि कर, ओभरहेड र जनसहभागिताको अंश कट्टा गर्नुपर्ने व्यवस्था छ। तर परियोजनाले १५ प्रतिशत ओभरहेडबाट २ करोड ४४ लाख ६९ हजार रुपैयाँ बराबर लागत अनुमानमा समावेश गरी सम्झौताअनुसार ५६ प्रतिशत अनुदान दिएको आधारमा उपभोक्ता समितिलाई १ करोड ३७ लाख ३ हजार बढी ओभरहेड भुक्तानी गरेकोले बढी ओभरहेड रकम असुलउपर गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

शीतभण्डार गृह स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ अनुसार शीतभण्डार स्थापना नभएको विषय पनि महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। कास्की र काभ्रेपलाञ्चोकमा शीतभण्डार गृह निर्माण गर्ने कार्यक्रम रहेकोमा सम्झौता हुन नसकेको, सम्झौता भएकामध्ये मनाङमा एक वर्षसम्म पनि निर्माण कार्य शुरु नभएको, कैलाली, कपिलवस्तु, सर्लाही, सुनसरी, झापा र मोरङका शीतभण्डारसँग सम्झौता भए तापनि कार्य शुरु नभएको देखिएकाले शीतभण्डार गृहको आवश्यकता पहिचान उपयुक्त नदेखिएको प्रतिवेदनमा उल्लेख छ। 

बजेट निष्क्रिय राखे सोझै खरिद 
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा २० लाख रुपैयाँभन्दा बढीको मालसामान बोलपत्रको माध्यमबाट तथा नियम ८४ मा २० लाख रुपैयाँसम्मको मालसामान सिलबन्दी दरभाउपत्रबाट खरिद गर्न सकिने व्यवस्था छ। तर पशु सेवा विभाग, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुरलगायतका २० निकायले ल्यापटप, सोफासेट, कार्पेट, कम्प्युटर, प्रिन्टर, कस्टम हायरिङ सेन्टर र पोष्ट हार्भेष्ट सेन्टर सञ्चालनका यन्त्र उपकरणलगायतका मालसामान पटक–पटक सोझै खरिद गरी ६ करोड १८ लाख ८९ हजार रुपैयाँ बराबरको भुक्तानी नियमसम्मत नरहेको महालेखाले जनाएको छ। नियमावलीमा भएको व्यवस्था कार्यान्वयन नगर्ने कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने र त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्