• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आर्थिक अनियमितताको अखडा : महालेखापरीक्षक
64x64
नेपाल लाइभ बुधबार, असार ३१, २०७७  १९:२५
1140x725

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ५७ औं वार्षिक प्रतिवेदनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गतवर्ष सम्पन्न गरेका आधा दर्जन काममा प्रचलित नियम कानुन मिची आर्थिक अनियमितता भएको जनाएको छ। महालेखापरीक्षकको प्रतिवेदन हेर्दा यो आयोजना आर्थिक अनियमितताको नयाँ अखडाका रुपमा देखिएको छ। 

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ११४ मा अर्थमन्त्रालयको सहमति लिई आर्थिक कार्यविधिसम्बन्धी आन्तरिक निर्देशिका बनाई लागू गर्न सक्ने प्रावधान छ। तर कृषि आधुनिकीकरण परियोजनाले अर्थ मन्त्रालयको स्वीकृतिबिना सचिवस्तरबाट शीत भण्डार गृह स्थापना र कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७४ स्वीकृत गरेको र २०७५ असोज ११ गते मन्त्रीस्तरबाट संशोधन भएको देखिन्छ।

अघिल्लो आर्थिक वर्षसम्ममा परियोजनाले कार्यक्रमअन्तर्गत १० जना लाभग्राहीसँग सम्झौता गरी २४ करोड ३० लाख रुपैयाँ अनुदान दिइएको छ। अर्थ मन्त्रालयको सहमतिबिना निर्देशिका कार्यान्वयनमा ल्याउनु उपयुक्त नरहेको महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ। 

त्यस्तै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ र नियमावलीको नियम १० मा निर्माण कार्यको लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ। तर कृषि आधुनिकीकरण परियोजनाले ८४ करोड ५६ लाख रुपैयाँ बराबर लागत अनुमान रहेको ८ शीतभण्डार गृह निर्माणको लागि गतवर्ष २२ करोड १९ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। उक्त कार्यको लागत अनुमान तयार गर्दा सम्बन्धित जिल्लाको स्वीकृत जिल्ला दररेट तथा नर्म्स आधारमा नगरी गत वर्ष एक परामर्शदाताले नुवाकोटको शीतभण्डार गृह निर्माणका लागि तयार गरेको लागत अनुमानलाई आधार लिई धादिङ, धनुषा, कैलाली‚ सर्लाही‚ कपिलवस्तु‚ सुनसरी‚ मोरङ र झापामा निर्माण गरिने शीतभण्डार गृहको लागत अनुमान तयार गरेको देखिएको छ। यसबाट लागत अनुमान यथार्थपरक नदेखिएको र नियमविपरीत लागत अनुमान तयार गरी स्वीकृत गर्ने पदाधिकारीलाई कारबाही गरिनुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। 

आयोजनाले काम गर्दा उपभोक्ता समितिसँग भएको सम्झौताअनुसार रकम भुक्तानी गर्नुपर्दछ। तर नुवाकोट जिल्लामा शीतभण्डार गृह निर्माण कार्यको लागत अनुमान १८ करोड ७८ लाख रुपैयाँ बराबर रहेकोमा १० करोड ५० लाख रुपैयाँ अनुदान दिने गरी एक निजी कम्पनीसँग अनुदान सम्झौता भएको महालेखा प्रतिवेदनमा उल्लेख छ। सम्झौताबमोजिम उपलब्ध गराएको पेस्की २ करोड ५६ लाख रुपैयाँ रनिङ बिलबाट कट्टा नगरी ११ करोड ५ लाख ५९ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ।

उक्त कम्पनीसँग भएको सम्झौताभन्दा बढी भुक्तानी गरेको ५५ लाख ५९ हजार असुलउपर गरिनुपर्ने पनि महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ उपनियम ९४० मा उपभोक्ता समितिलाई निर्माण कार्यको भुक्तानी दिँदा लागत अनुमानमा रहेको मूल्य अभिवृद्धि कर, ओभरहेड र जनसहभागिताको अंश कट्टा गर्नुपर्ने व्यवस्था छ। तर परियोजनाले १५ प्रतिशत ओभरहेडबाट २ करोड ४४ लाख ६९ हजार रुपैयाँ बराबर लागत अनुमानमा समावेश गरी सम्झौताअनुसार ५६ प्रतिशत अनुदान दिएको आधारमा उपभोक्ता समितिलाई १ करोड ३७ लाख ३ हजार बढी ओभरहेड भुक्तानी गरेकोले बढी ओभरहेड रकम असुलउपर गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

शीतभण्डार गृह स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ अनुसार शीतभण्डार स्थापना नभएको विषय पनि महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। कास्की र काभ्रेपलाञ्चोकमा शीतभण्डार गृह निर्माण गर्ने कार्यक्रम रहेकोमा सम्झौता हुन नसकेको, सम्झौता भएकामध्ये मनाङमा एक वर्षसम्म पनि निर्माण कार्य शुरु नभएको, कैलाली, कपिलवस्तु, सर्लाही, सुनसरी, झापा र मोरङका शीतभण्डारसँग सम्झौता भए तापनि कार्य शुरु नभएको देखिएकाले शीतभण्डार गृहको आवश्यकता पहिचान उपयुक्त नदेखिएको प्रतिवेदनमा उल्लेख छ। 

बजेट निष्क्रिय राखे सोझै खरिद 
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा २० लाख रुपैयाँभन्दा बढीको मालसामान बोलपत्रको माध्यमबाट तथा नियम ८४ मा २० लाख रुपैयाँसम्मको मालसामान सिलबन्दी दरभाउपत्रबाट खरिद गर्न सकिने व्यवस्था छ। तर पशु सेवा विभाग, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुरलगायतका २० निकायले ल्यापटप, सोफासेट, कार्पेट, कम्प्युटर, प्रिन्टर, कस्टम हायरिङ सेन्टर र पोष्ट हार्भेष्ट सेन्टर सञ्चालनका यन्त्र उपकरणलगायतका मालसामान पटक–पटक सोझै खरिद गरी ६ करोड १८ लाख ८९ हजार रुपैयाँ बराबरको भुक्तानी नियमसम्मत नरहेको महालेखाले जनाएको छ। नियमावलीमा भएको व्यवस्था कार्यान्वयन नगर्ने कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने र त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु
सम्बन्धित सामग्री
सेयर बजार बढेपनि कारोबार रकममा गिरावट कायमै साताको पहिलो कारोबार दिन पनि सेयर बजार बढेको थियो। सोमबार, असार १६, २०८२
सेयर बजारमा हरियाली सेयर बजारमा उछाल आए पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो साताको बिहीबार ८ अर्ब बराबरको सेयर कारोबार हुँदा आइतबार ७ अर्ब बराबरको... आइतबार, असार १५, २०८२
बजारमा अधिक तरलता कायमै, आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र  बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ ब... आइतबार, असार १५, २०८२
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्