काठमाडौं- राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर, भन्सार र आयकर छलीको आरोपमा विभिन्न फर्मविरुद्ध ३ अर्ब ८२ करोड रूपैयाँ बिगो दावीसहित मुद्दा दायर गरेको छ। विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार काठमाडौं महानगरपालिका सोह्रखुट्टेमा सञ्चालनमा रहेको हाइटेक इन्टरनेसनलका सञ्चालकसहित २ जनाविरुद्ध २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरिएको छ। कम्पनीले विदेशबाट वस्तु आयात गर्दा भन्सार घोषणा नै नगरी ल्याउने गरेको र आधिकारिक बिल बिजक जारी नगरी कारोबार गर्ने गरेको विभागले जनाएको छ।
कम्पनीविरुद्ध भन्सार चुहावटतर्फ १ अर्ब ७१ करोड ५६ लाख, मूल्य अभिवृद्धि करतर्फ ५९ करोड २८ लाख र आयकर र लाभांशतर्फ १२ करोड १४ लाख रुपैयाँ बिगो कायम गरिएको छ।
यसैगरी, ललितपुरको सानेपामा सञ्चालित जेएसएस मोबाइल एन्ड सर्भिसेस, श्याम इम्पेक्स र श्यामबाबा इन्टरप्राइजेजविरुद्ध १ अर्ब ३९ करोड रुपैयाँ बिगो कायम गरी पाटनमा मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।