काठमाडौं– सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ।
सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। बुधबारका लागि तोकिएको मूल्य अहिलेसम्मकै उच्च हो।
बुधबार चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य तोलाकाे १ हजार ५ रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य लामो समयपछि एक हजार नाघेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।