नयाँ दिल्ली- भारतकाे बैंगलाेरमा काेराेना भाइरसकाे संक्रमण तीव्ररुपमा फैलिएपछि पुनः लकडाउन लागू गरिएकाे छ। राज्य सरकारले एक साताका लागि लकडाउन लागू गरेकाे हाे।
लकडाउनका बेला धार्मिक स्थल, सार्वजनिक सवारी साधन, सरकारी कार्यालय र पसल बन्द रहनेछन्। स्थानीय प्रशासनका अनुसार विद्यालय, कलेज र रेष्टुरेन्ट पनि बन्द रहने छन्।
सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेकाे छ। सरकारले लकडाउन लागू गरेपछि अर्थतन्त्रमा ठूलाे असरपर्ने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।