हेग- संयुक्त राष्ट्रसंघको न्यायिक सर्वोच्च निकाय अन्तर्राष्ट्रिय अदालत हेगले कतारमाथि छिमेकीले गरेको नाकाबन्दी गैरकानुनी रहेको ठहर गरेको छ। मंगलबार अन्तर्राष्ट्रिय अदालत हेगले साउदी अरब, संयुक्त अरब इमिरेटस्, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गर्ने निर्णय अन्तर्राष्ट्रिय मान्यता अनुरुप नभएको ठहर गरेको हो।
'बहराइन, इजिप्ट, साउदी र युएईले कतारमाथि नाकाबन्दी गर्दै हवाई उडानसमेत नगर्ने निर्णय अन्तर्राष्ट्रिय मान्यतासम्मत नहुने भन्दै कतारका विपक्षमा उभिन अस्वीकार गरेको छ,' आइसिजे प्रमुख अब्दुलक्वी अहमद युसुफले भने।
अब यो मुद्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मा पुग्ने भएको छ। तर हेग अदालत कतारका पक्षमा उभिएपछि आइकाओले पनि अदालतलाई नै समर्थन गर्ने अपेक्षा गरिएको छ। यस्तो भएमा कतारले मुद्दा जित्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सन् २०१७ को जुन महिनामा कतारले 'अतिवादी'हरूलाई समर्थन गरेको भन्दै ४ छिमेकी देशसहितका अन्य मित्रराष्ट्रले समेत कतारमाथि नाकाबन्दी गरेका थिए। तर कतारले छिमेकीहरूको उनीहरूको यस्तो आरोपको खण्डन गर्दै आएको छ। यसपछि कतारको अर्थतन्त्रमा व्यापक गिरावट आउने आशंका गरिएको थियो। तर छिमेकीहरूले नाकाबन्दी गरेपनि कतारले अर्थतन्त्रमा ठूलो संकट आएन नदिन चुस्त व्यवस्थापन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायमा प्रशंशासमेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।