काठमाडौं- राजस्व अनुसन्धान विभागले भैरहवास्थित सोनी ज्वेलर्सका प्रोप्राइटर सुनिल सुनार र उनका सहयोगी अमित परियारमाथि अनुसन्धान अघि बढाएको छ।
सुन चोरी पैठारीको आरोपमा उनीहरूको साथबाट ९९ लाख ५ हजार रूपैयाँ रकम तथा कागजात बरामद गरी अनुसन्धान अघि बढाएको विभागले जनाएको छ।
राजस्व अनुसन्धानको टोलीले उनीहरू सवार सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। विभागले उनीहरूका कारोबारका विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।