काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
साधारणसभाले प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले ६३ करोड रुपैयाँको आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। साधारणसभाले सामुहिक लगानी कोष स्थापना गर्नेगरी प्रबन्ध पत्र संशोधन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।