काठमाडौं– पेट्राेलियम पदार्थ बिक्रीका लागि भन्दै परेका १ हजार २५ वटा निवेदन नेपाल आयल निगमले खारेज गरेको छ। निगमको सञ्चालक बोर्डले नयाँ बिक्रेताका लागि माग गरेको प्रस्तावका आवेदन दिएका १ हजार २५ वटा निवेदन खारेज गरेका हाे।
खारेजसँगै निगमले आवेदन दिँदा बुझाएको दस्तुर रकमसमेत फिर्ता लिन सबैमा आग्रह गरेको छ। निगमले नयाँ बिक्रेता नियुक्तिका लागि भन्दै २०७५ बैशाख र भदौमा माग गरेको आवेदनमा परेको सबै निवेदन रद्द गरेको हो।
नयाँ बिक्रेताले निवेदन दिँदा हाल पेट्रोलियम पदार्थ बिक्री भइरहेको ठाउँलाई बढी प्राथकिता दिएकाे भन्दै रद्द गरेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।