काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार लागि ९२ सय १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै शुक्रबार ९१ हजार ७ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य आइतबारका लागि ९१ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ।
यद्यपि चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला ९ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अघिल्लो साता लगातार बढेको सुनको मूल्य यो साताको पहिलो दिन सामान्य गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।