काठमाडाैं- नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ।
नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय २, डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँमा बिक्रि वितरण हुने छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ।
निगमकाे संचालक समितिकाे आज बसेकाे बैठकले मूल्य बढाउने निर्णय गरेकाे हाे।पछिल्लो पटक वृद्धि भएको मूल्य शुक्रबार राती १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।