काठमाडौं-राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ६ करोड ६९ लाख रुपैयाँ विगो कायम गरि दुई कम्पनीविरुद्ध उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ। श्याम ग्लास इण्डस्ट्रीज र महाशक्ति गुट्खा उद्योगविरुद्ध विभागले उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेएको हो।
राजस्व चुहावट गरेको अभियोगमा श्याम ग्लास इण्डस्ट्रीजविरुद्ध ६ करोड ६ लाख २५ हजार २ सय रुपैयाँ विगो र कैदसमेतको माग दावी गर्दै असार २२ गते मुद्दा दायर गरिएको हो।
त्यस्तै महाशक्ति गुट्खा उद्योगविरुद्ध पनि ६३ लाख ८ हजार ७ सय ६ रुपैयाँ विगो र कैद मागदावी गरि मुद्दा दायर गरिएको विभागले जनाएको छ।
उद्योगले राजस्व छलि गरेको देखिएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार मुद्दा चलाइएको विभागले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।