काठमाडौं- राजस्व अनुसन्धान विभागले भेइकल एन्ड कन्साइन्मेट ट्राकिङ सिस्टम (भिसिटिएस) नमानेको भन्दै १४ वटा फर्मलाई जरिवाना गरेको छ। विभागले ती कम्पनीहरुलाई ३० लाख ७५ हजार रुपैयाँ जरिवाना गरेको हो।
विभागले काठमाडौंका कपडालगायतको आयात तथा थोक बिक्री कारोबार गर्ने विभिन्न १४ वटा फर्महरुले व्यवसायिक प्रयोजनका मालबस्तु बिक्री गर्दा मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भिसिटिएसमा प्रविष्टि गर्नुपर्ने प्रावधान छ।
मालबस्तुको प्रविष्टि नगरी बिक्री वितरण गरेकाले ती फर्महरुलाई राजस्व चुहावट ऐन २०५२ (संशोधन)अनुसार उक्त जरिवाना गरिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।