काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राखेको छ। हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु खण्डको ठेक्का लिएको पप्पु कन्सट्रक्सनले समयमै काम नगरेपछि कालोसूचीमा राखिएको हो।
हुलाकी राजमार्गअन्तर्गतक योजना कार्यालय कपिलवस्तुको सिफारिसमा पप्पु-बाम्ती जेभीलाई कालोसूचीमा राखिएको हो। दुई कम्पनी मिलेर जोइन्ट भेन्चर (संयुक्त उपक्रम) सम्झौतामा ठेक्का लिएका थिए। त्यसैगरी चाँगुनारायण नगरपालिकाको सिफारिसमा बि.जी. कन्सट्रक्सनलाई पनि १ वर्षका लागि कालोसूचीमा राखिएको छ।
हेटौँडा सिमेन्ट उद्योगले श्रीहरी-सीतादेवी जेभीलाई एक वर्ष कालोसूचीमा राख्न गरेको सिफारिसअनुसार यी ठेकेदारलाई पनि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।