काठमाडौं– सुनको मूल्य अहिलेसम्मकै उच्च भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनकाे मूल्य प्रतिताेला ९२ हजार ४ सय ताेकिएकाे छ। बुधबार सुनकाे मूल्य प्रतिताेला ९१ हजार ५ सय रुपैयाँ थियाे।
सुनकाे मूल्य आज ९ सय रुपैयाँले बढेकाे हाे। बुधबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको थियाे। यस्तै मंगलबार पनि सुन प्रतितोला ७ सय रुपैयाँले बढेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलाको ९८० रुपैयाँ ताेकिएकाे छ। हिजाे चाँदीकाे मूल्य प्रतिताेला ९५५ रुपैयाँ तोकिएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।