• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

‘नेताका कपाल काट्दा काट्दै म आफैं नेता बनें’

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ७, २०७५  ००:१८
1140x725

काठमाडौं– कपाल काट्ने उनको पुख्र्यौली पेशा। त्यसैलाई पछ्याउँदै करिब ३५ वर्षदेखि राजाराम ठाकुर निरन्तर कपाल काट्दै आएका छन्। झन्डै ३० वर्षअघि काठमाडौं छिरे लगत्तै सैलुनमा काम सुरु गरेका उनले सोचेका पनि थिएनन् कि काठमाडौंमा देशका प्रधानमन्त्रीदेखि कहलिएका नेताहरुसम्मका कपाल काट्ने मौका पाउनेछु। 

सप्तरीको राईपुरमा २०२० सालमा जन्मिएका ठाकुर एसएलसी दिएपछि २०४२ सालमा काठमाडौं आए। एक जना साथीको सैलुनमा काम गर्न थाले। काठमाडौंका सुरुवाति दिन सम्झँदै उनले भने, ‘हामीले जानेको पेशा नै यही थियो, बुबाले कपाल काटेको देखेर मैले पनि कपाल काट्न सिकें। त्यसैले काठमाडौंमा आउने बित्तिकै यही पेशामा लागें।’ 

उतिबेला काठमाडौं सामाजिक रुपमा अहिलेजस्तो खुला र आधुनिक भइसकेको थिएन। मधेसीमूलका मान्छे देख्नेबित्तिकै ‘इन्डियन’ भनेर हेपिनुपरेको उनी आफैंले भोगेका छन्। ‘कालो मान्छे देख्नेबित्तिकै ठूलाले मात्र होइन, सानाहरुले पनि हेप्ने,’ उनले पीडा सुनाए, ‘हामीलाई त विश्वास पनि नगर्ने, बस्नलाई कोठासमेत पाइन्नथियो।’

दुई वर्ष साथीको सैलुनमा काम गरेका ठाकुरले त्यसपछि भने आफ्नै सैलुन खोले, डिल्लीबजारमा। छोरी शोभाको नाममा खोलिएको सैलुन अहिले पनि डिल्लीबजार क्षेत्रमा उत्तिकै चर्चित छ। 

उनीकहाँ कपाल काट्न आउनेहरु सामान्य नागरिक मात्र हुँदैन थिए, कुनै बेला नेपाली राजनीतिको मियो बनेका पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालादेखि धेरै नेता, प्रशासक, व्यापारीहरु उनको सैलुनमा कपाल काट्न पुग्थे। 

‘गिरिजाबाबुको कपाल मैले नियमित रुपमा काट्थें, पछि सुशील दा (सुशील कोइराला, पूर्वप्रधानमन्त्री) को पनि कपाल काटें,’ ठाकुरले सुनाए, ‘रामशरण महत, विजय गच्छदार, शेखर कोइराला लगायतका प्रायः नेताहरु मसँगै कपाल कटाउँथे। सरकारका सचिव, सहसचिवहरु, कलाकार पनि मेरोमा आउँथे।’ 

राजारामका अनुसार ३ दशकअघि काठमाडौंमा अहिलेजस्तो सैलुनहरु थिएनन्। ‘कपाल काट्न सैलुन खोज्दै हिँड्नुपथ्र्याे,’ उनले भने, ‘काठमाडौं, भक्तपुर र ललितपुरमा गरी करिब ३ सयको हाराहारीमा सैलुन थिए होलान्। तर, सबै आ–आफ्नै हिसाबले चलिरहेका थिए।’ 

राजनीतिक नेता अनि उच्च ओहदाका कर्मचारीले आएर कपाल काट्दा उनीहरुबाट थोरैथोरै राजनीति र देशका घटनाक्रमबारे राजारामले बुझ्ने मौका पाए। उनलाई पनि कताकता राजनीतिको रस बसिसकेको थियो। राजारामले भने, ‘काठमाडौंभरिका सैलुनलाई किन एउटै छातामुनि नल्याउने भन्ने विचार मनमा आयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कपाल काट्न आएका कलाकार सरोज खनालसँग राजाराम ठाकुर


उनी यसका सक्रिय भएर लागे। २०४६ सालको राजनीतिक परिवर्तनपछि उनका लागि सैलुनहरुलाई संगठित रुपमा एउटै धागोमा बाँध्ने काममा थप सहज भयो। ‘२०४७ सालमा नेपाल नाई संघ स्थापना गर्‍यौं। 

उतिबेला कपाल काटेको २ रुपैयाँ र दाह्री बनाएको १ रुपैयाँ मात्र थियो। ‘सुरुका दिनमा निकै गाह्रो थियो। सबै सैलुनमा एउटै दररेट थिएन, तर हामीले संघ स्थापना गरेपछि कपाल काटेको दररेट नै तोक्यौं,’ उनले सुनाए, ‘कपाल काटेको ५ रुपैयाँ र दाह्री काटेको ३ रुपैयाँ बनायौं। सँगसँगै आधा सैलुन मालिकले लिने र आधा काम गर्नेले पाउनुपर्ने नियम पनि बन्यो।’

Xtrem

Xtrem

ठाकुर अहिले नाईहरुका नेता बनिसकेका छन् । दुई साताअघि काठमाडौंमा सम्पन्न नेपाल नाई संघको महाधिवेशनबाट उनी केन्द्रीय अध्यक्षमा निर्वाचित भए। उनी भन्छन्, ‘नेताहरुको कपाल काट्दाकाट्दै म पनि नेता बनिहालें। यो पेशालाई कसरी सम्मानित र राम्रो बनाउने भनेर म लागिरहेको छु।’ 

काठमाडौं आउँदा अरुकै सैलुनबाट काम सुरु गरेका राजारामले अहिले आफ्नो सैलुनमा ५ जनालाई रोजगारी दिएका छन्।

अहिले उनी सैलुनमा कपाल काट्नभन्दा संघकै काममा बढी व्यस्त हुन्छन्। सैलुनमा कमै भेटिन्छन्। अहिले भने पुराना केही ग्राहकको मात्र कपाल काट्छन् उनी। ‘उमेरले पनि बुढो भइयो, समय पनि हुँदैन,’ उनले थपे, ‘पहिलादेखि नै मैले कपाल काट्दै आएका ग्राहकहरु मैबाट कपाल काट्न खोज्छन्। उनीहरुको कपाल काट्ने बाहेक म सैलुनमा कमै बस्छु।’ पुराना ग्राहकमध्ये रिद्धिसिद्धि ज्वेलर्सका साहू आज पनि ठाकुरकै हातबाट कपाल कटाउँछन्।

राजारामलाई अहिले एउटा चिन्ताले सताउन थालेको छ, त्यो हो पेशामा पुस्तान्तरणको अभाव। आफ्नो पुस्तासम्मकाले यो पेशा धाने पनि पछिल्लो पुस्ता भने यो पेशाप्रति आकर्षित देखिँदैनन्। 

उनका आफ्नै दुई छोराले पनि सैलुनमा काम गर्ने रुची देखाएनन्। ‘एउटा आइटी पढिरहेको छ, अर्काे सिभिल इन्जिनियर’, उनले भने, ‘उनीहरुले सैलुन चलाउँदैनन्, मैले पनि कर गरिनँ।’

युवाहरुको वैदेशिक रोजगारीमा मोह बढेकाले नेपालमा सैलुनमा काम गर्ने नाईहरुको अभाव हुन थालेको बताउँछन् उनी। ‘ युवाहरु विदेश गएर पैसा कमाउन खोज्छन्, सैलुनमा काम गर्न खोज्दैनन्,’ उनले भने, ‘के गर्नु विदेशमा भन्दा यही धेरै कमाइ छ, कपाल काटेर मासिक ४०–५० हजार रुपैयाँसम्म कमाउन गाह्रो छैन। काम पनि सजिलो छ ।’

३ दशकदेखि कपाल काट्दै आए पनि उनलाई खड्किएको एउटै कुरा हो, यो पेशालाई अहिले पनि सम्मानका दृष्टिले हेरिँदैन। कपाल काट्नेलाई हेपेरै बोल्नुपर्छ, पैसा नतिर्न पाए पनि हुन्छ भन्ने सोच विद्यमान छ।

उनले भने, ‘पहिलाभन्दा त धेरै परिवर्तन भइसकेको छ। तर, नाईलाई सम्मानपूर्वक व्यवहार नगर्ने घटना अहिले पनि छन्।’

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्