काठमाडौं– सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँ बढेको हो। मंगलबार पनि सुन प्रतितोला ७ सय रुपैयाँले बढेको थियो।
बुधबारका लागि सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोलाको ९० हजार ९०० रुपैयाँ तोकिएको थियो। यसैगरी सोमबार तोलाको ९० हजार २ सय रुपैयाँ तोकिएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलाको ९५५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।