काठमाडौं- दक्षिण एसियाली मुलुकका उद्योगी व्यापारीहरुको संगठित संस्था सार्क चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टी खारेज भएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय काठमाडौंले सार्कको गाइडलाइन र संस्था नवीकरण प्रक्रिया सम्बन्धी प्रावधानअनुसार सार्क चेम्बर अफ कमर्सलाई खारेज गरेको भन्दै पत्राचार गरेको हो।
सार्क सचिवालयको बैठकले संस्था खारेजी सम्बन्धी निर्णय गरेको र अर्को कुनै निर्णय नहुन्जेलसम्मका लागि सार्क चेम्बर अफ कमर्स सार्कको ‘एपेक्स बडी’का रुपमा रुपमा नरहेको पत्रमा उल्लेख छ। ‘सार्क स्थायी समितिले सार्क रिकोग्नाइज रिजनल बडिज्’ अन्तर्गतका संस्थाहरुको कार्यविधि र प्रक्रियाअनुसार त्यस्ता संस्था नवीकरण नगर्ने निर्णय गरेको छ,’ सार्क चेम्बर अफ कमर्सलाई जुलाई ६ मा पठाइएको पत्रमा भनिएको छ।
सार्कको उच्च समितिको बैठकले यी संस्थाहरु नवीकरणका लागि अर्को निर्णय नहुँदासम्म एपेक्स बडिजका रुपमा मान्यता नपाउने पत्रमा उल्लेख गरिएको छ। सार्क चेम्बर अफ कमर्स एण्ड इन्ड्रिस्टि (एससिसिआई), साउथ एसियन फेडेरेसन अफ अकाउन्टेन्स (साफा), साउथ एसियन फाउन्डेसन (साफ), साउथ एसियन राइटरर्स एण्ड लिट्रेचर, साउथ एसियन इनिसियटिभ टु इन्ट भ्वाइलेन्स अगेन्ट चिल्ड्रेनलगायत संस्थाहरु सार्क एपेक्स बडीका रुपमा मान्यता पाएका संस्थाहरु हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।