काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युब’ अफर ल्याएको छ। एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको कम्पनीले जनाएको छ।
‘प्लस’ थिमअन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले १०० रूपैयाँ (करसहित १२७.६९ रूपैयाँ)मा एक साताभर ४८० पिमा युट्युब भिडियो सामग्री हेर्न सक्नेछन्। साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबीअल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीको भनाइ छ। यो प्याक सुरु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टाछुट्टै प्याक लिन सक्ने पनि कम्पनीले जनाएको छ। ननस्टप युट्युब प्याक सुरु गरेपछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र २० रूपैयाँमा ३५०० एमबी थप डेटा लिन सक्ने पनि कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।