• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
मेस्सीका लागि ‘इनअफ इज इनअफ’
64x64
ऋग्वेद शर्मा सोमबार, असार २२, २०७७  १२:४१
1140x725

फुटबलमा खेलाडीले मैदानमा देखाउने मेहनतले नै उनीहरुलाई उत्कृष्टको दर्जा दिन्छ। समयले उत्कृष्ट दरिएका खेलाडीमाथि आश बढी नै रहनु स्वभाविक हो। कहिलेकाहिँ परिस्थिति आफूअनुकुल नहुन सक्छन्। जसले लामो समयको मेहनतलाई छायामा पारिदिन्छ। र समय लाग्छ उसैगरी फर्किन। 

स्पेनिस क्लब बार्सिलोनामा पछिल्लो समय देखिएका अवस्थाले खेलाडीहरु उसैगरी संकटको छायामा देखिएका छन्। जसबाट बाहिर निस्कन भइरहेका धेरै विषयहरु फेरिनुपर्ने देखिन्छ। त्यसको सबैभन्दा ठूलो मारमा छन् कप्तान लियोनल मेस्सी। विश्वका जुनसुकै लिगसँगको तुलना गर्ने हो भने अहिले पनि उनको खेल उत्कृष्ट नै छ तर मेस्सीमाथिको आशले उनको जिम्मेवारी पूरा भएको छैन। 

स्पेनिस रेडियो स्टेसन क्याडेना सेरका अनुसार बार्सिलोना कप्तान लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा आनाकानी गरिरहेका छन्। अनावश्यक हल्लाले दिक्दार भएका मेस्सी क्याम्प नाउमा देखिएको कमजोर अवस्थाले समस्यामा छन्। ब्यवस्थापनसँगको उनको सम्बन्ध सुमधुर छैन। 

हल्ला पनि यस्ता छन् कि मेस्सीले नै क्लब चलाइरहेका छन्, प्रशिक्षक राख्ने र फाल्ने काममा उनी सफल छन्, को खेलाडी ल्याउने र को खेलाडी खेलाउने उनकै योजनामा रहन्छ। यस्ता हल्लासँगै क्लब ब्यवस्थापनको खेलाडी किनबेचको कामले पनि मेस्सीमा चिन्ता थपिरहेको छ। जसको असर मैदानमा देखिन्छ। 

मेस्सीकै रोजाइँमा एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजम्यानलाई किनिएको र अहिले ग्रिजम्यान बाहिर राख्ने पनि उनकै योजना रहेको हल्लासमेत व्यापक छ। तर त्यो गलत हो। आइतबार राति भिलारियलविरुद्धको खेलमा मेस्सी र ग्रिजम्यानको तालमेल हेर्ने हो भने पनि त्यो गलत लाग्छ। 

मेस्सी, लुइस स्वारेज र ग्रिजम्यान आफ्ना श्रीमतीसहित खाना खाने गरी भेटेका थिए, त्यो क्लबबारेको योजना बनाउन भन्दा पनि उनीहरुको व्यक्तिगत सम्बन्धका कारण हो। जब कि त्यतिबेला ग्रिजम्यानले क्लबमा आफ्नो स्थानसमेत बनाइसकेका थिएनन्। अहिले पनि क्लबमा सहज महसुस गर्न मेस्सी र स्वारेजले ग्रिजम्यानलाई मद्धत गरिरहेकै छन्। 

२०१४ मा प्रशिक्षक जेरार्डो मार्टिनोलाई हटाउँदा र अहिलेका प्रशिक्षक क्विके सेटियनलाई क्लबमा ल्याउँदा मेस्सीको ठूलो भूमिका रहेको हल्ला चले। यसबाहेक प्रशिक्षक एर्नेस्टो भालभर्देको समयमा पनि मेस्सीको भूमिकाबारे चर्चा हुन गरेकै थिए जुन सत्य हुन सक्ने कुनै आधारहरु छैनन्। 

यस्ता हल्ला चल्नु पछाडिका आधारहरु के हुन सक्छन् भने मेस्सी बार्सिलोन कप्तान हुन्, त्यसैले केही विशेष निर्णयका बेला क्लबले उनीसँग छलफल गर्नु स्वभाविक पनि हो। विश्व उत्कृष्ट खेलाडी क्लबमा रहँदा केही गहन जिम्मेवारी दिइनु अस्वभाविक पनि हुँदैन। तर मेस्सीले मैदानबाहिरका त्यस्ता कुनै भूमिका पाएका छैनन्। 

बार्सिलोनामा अहिले देखिएका समस्याहरु यस्ता छन् जसको समाधान सहज छैन। पहिलो त बर्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले गरेका वाचाहरु पूरा हुन सकेका छैनन्। जब कि ‘हामी नेमार ल्याउन लागिपर्नेछौँ’ भन्ने उनको अभिव्यक्ति यस्तो बेला आएको थियो जतिबेला क्लब ग्रिजम्यान ल्याउने योजनामा पक्का भइसकेको थियो। 

त्यसका साथै ‘हामी एर्नेस्टो भालभर्देको स्थानमा जाभी ल्याउनेछौँ’ भन्ने उनको अभिव्यक्तिले नै यस्तो हल्ला चल्यो जसका कारण जाभी आउन सकेनन्। अहिलेकै अवस्थामा क्लबसँग काम गर्न जाभी इच्छुक देखिएनन्। 

यसअघि अन्तिमपटक क्लबसँग गरेको सम्झौतामा मेस्सीले सिजनको अन्त्यमा क्लब छाड्न सक्ने बुँदा पनि समावेश गरेका थिए। त्यतिबेला मेस्सी क्याटालोनियामा खुसी थिए। क्लबमा भइरहेका कामले चित्त दुखे पनि छाडिहाल्ने मनस्थितिमा थिएनन्। तर मेस्सीले छाड्न सक्ने विषयले ब्यवस्थापनलाई केही चनाखो भने बनायो। 

मेस्सीको एउटै चाहना युरोपियन प्रतिस्पर्धामा बार्सिलोना राम्रो होस् भन्ने नै हो। जहाँ मेस्सीले नै आफ्नो भविष्य असुरक्षित ठानिरहेका छन् भने त्यहाँ अन्य विषयहरु गौण हुन्छन्। त्यसको समाधानमा हरसम्भव लाग्न क्लबलाई बाध्यता आइपर्छ। 

अहिले पनि बार्सिलोनामा नयाँ सम्झौतामा मेस्सी राजी नहुनुको कारण मैदानबाहिर भन्दा मैदानमा देखिएको अवस्था नै कारक छ। भलै मैदानको कमजोर अवस्थापछिको कारण भने मैदानबाहिरको अवस्था नै हो। मैदानमा पनि सेटियनको शैलीसँग असन्तुष्ट हुने खेलाडीको संख्या बढीरहेको छ। 

पछिल्लो समय सेल्टा भिगोसँगको बराबरीपछि प्रशिक्षकसँगको असन्तुष्टी देखिने गरी नै बाहिरियो। माहामारिमा रोकिएर सुरु भएको लिगमा बार्सिलोनाको अवस्था कमजोर मात्र देखिएको छ। भलै केही राम्रा जितहरु पनि गुमेको शीर्ष स्थानका कारण पर्याप्त हुन सकेका छैनन्। त्यसैले सेटियन र खेलाडीबीचको सम्बन्ध पनि नतिजाहरुमा नै टिकिरहन्छ नै। सेटियनले जे गर्न सक्छु भन्ने सोचिरहेका थिए, त्यस्तो हुन सकेको छैन। 

अहिले सेटियन, मेस्सी र अध्यक्ष बर्टामेउबीच कुराकानी भने भएको छ। चुडिएको सम्बन्ध जोड्ने आधारहरुको खोजी पनि भइरहेको छ। यसैले हुनुपर्छ डिफेन्डर जेरार्ड पिकेले क्लब र समर्थकहरुमा एकताको अपिल ट्वीटमार्फत गरेका छन्। 

सबैका बीच खेलाडीहरुमा जति विश्वासको कमि देखिएको छ त्योभन्दा बढी ब्यवस्थापनमा देखिन्छ। प्रशिक्षक नियुक्तिका बेला होस्, खेलाडी किनबेचका बेला होस्, नयाँ सम्झौताको समय होस् शंका मेस्सीमाथि रहन्छ तर ब्यवस्थापन काम बिगारिरहन्छ। 

यसअघि पनि मेस्सीले बार्सिलोना छाड्न चाहेका बेला उनलाई क्लबमा नै राख्ने वातावरण बनाउन ब्यवस्थापन उनीसँगको छलफलमा केही अघि बढेको पक्कै हो। त्यसको एउटै कारण उनी उत्कृष्ट खेलाडीका साथसाथै क्लबको व्यापारका लागि उत्कृष्ट माध्यम पनि हुन्। 

बार्सिलोनामा मेस्सीको सुरुवाती दिनहरुमा जब उनले प्लेइङ सेटमा राम्ररी ठाउँ पाइरहेका थिएनन्, इटालियन क्लब इन्टर मिलान उनको किन्न नजिक पुगिसकेको थियो। त्यतिबेलै उनको १ सय ५० मिलियन युरो तिर्न तयार रहेको मिलानले तलबसमेत तेब्बर गर्ने आश्वासन दिएको थियो। तर त्यसबेलाका बार्सिलोना अध्यक्ष योआन लापोर्ताको सुझबुझपूर्ण कामले मेस्सी रोकिए। 

कर छलीका विषयमा एक सयम लगातार जस्तो मेस्सीमाथि भइरहको आक्रमणका दौरान पनि मेस्सीले बार्सिलोना छाड्ने सोचिरहेका थिए। त्यसबेला बार्सिलोना मात्र होइन उनी स्पेन नै छाड्न चाहन्थे। जसको समाधान भएपछि उनी पुरानै अवस्थामा मैदान फर्किन सकेका थिए। त्यसबेला पनि मेस्सी लैजान विश्वका जुनसुकै क्लब तयार थिए। 

अहिले देखिएको अवस्था र मेस्सीले क्लब छाड्दैछन् भन्ने हल्ला तेस्रोपटक हो। यसपटकको कारण भने ब्यवस्थापनको कार्यशैली भन्दा बाहेक अर्को केही होइन। अहिले पनि मेस्सीले क्लब छाड्दैछन् भन्ने खबरहरु बाहिरिरहँदा युरोपका ठूला क्लबहरु उनलाई भित्र्याउने दौडमा लागिसकेका छन्। 

‘म अनुमान र हल्लाहरुमा लाग्न चाहन्न। मेस्सीसँग यसबारे मेरो कुनै कुराकानी भएको छैन। उनले केही भनेका छैनन्’ मेस्सीले क्लब छाड्न लागेको विषयमा गरिएको प्रश्नमा प्रशिक्षक सेटियनले भनेका छन्। अहिलेको परिस्थितिमा आफ्नो काम संकटमा नपरेको बताइरहेका सेटियनले आफ्नो कामसँग खेलाडीमा विश्वास नभए आफू छाड्न तयार रहेको पनि बताएका छन्। 

अहिलेको परिस्थितिलाई हेर्दा र पछिल्ला खेलहरुको विश्लेषण गर्दा ला लिगा गुम्ने लगभग पक्का जस्तो देखिनुका साथै यही अवस्थामा च्याम्पियन्स लिगको आश पनि छैन। मैदानबाहिरको अवस्था विग्रँदै जानु र मैदानमा पनि चाहे जस्तो नहुनुले संकट अझ बढ्ने नै छ। 

पछिल्ला वर्ष च्याम्पियन्स लिगको कमजोर उपस्थिति पनि लिगको उपाधिले सान्त्वना मिल्ने ठाउँ भइरहेको थियो। तर अहिले खेलाडीहरु नै लिग उपाधि कमजोर भइसकेको भनेर निराश देखिन्छन्। त्यसका पछाडि कारणहरु जे जति भए पनि मैदानको कमजोर उपस्थिति नै प्रमुख कारण हुँदै हो। 

कतिसम्म भने हरेक सिजन गोलमा उत्कृष्ट देखिने बार्सिलोना कप्तान लियोनल मेस्सीसमेत कमजोर देखिन थालेका छन्। अन्य खेलाडीको तुलनामा मेस्सीको अहिलेको प्रदर्शन पनि उत्कृष्ट हो तर उनीबाट अपेक्षा योभन्दा धेरै बढी रहन्छ। गर्दै आइरहेका पनि थिए।

एर्नेस्टो भालभर्देलाई हटाएर सेटियन प्रशिक्षकका रुपमा आएपछि मेस्सीले १८ मध्ये ११ खेलमा गोल गर्न सकेका छैनन्। यसअर्थमा सेटियनको प्रशिक्षण मेस्सीका लागि सबैभन्दा खराब समय भइरहेको छ।

यसअघि २०१३-१४ को सिजन मेस्सीका लागि सबैभन्दा खराब समय मानिन्थ्यो। जब कि टाटा मार्टिनोको प्रशिक्षणमा त्यो सिजन मेस्सीले ४१ गोल गरेका थिए। तर अहिलेको सिजन २७ गोलमा रहेका मेस्सी गोलको त्यही अंकमा पुग्न पनि असम्भव देखिएको छ। 

जारी सिजन पनि मेस्सीलाई गोलको संख्यामा हेर्दा मात्र उनको सफल खेल देखिन्छ भने गोलका लागि बनाएका अवसरले त उनलाई अझ अगाडि राखेको छ। यो सिजन ला लिगामा २२ गोल गरेका मेस्सीले १९ गोलका लागि अन्तिम पास मिलाएका छन्। यसैले मेस्सी स्वयम गोलकर्ता मात्र नभएर टिमको केन्द्रमा देखिन्छन्।

तर पनि गएको १० वर्ष हेर्दा मेस्सीले ४० गोल पार नगरेको सिजन थिएन। पेप गार्डिओलाको पहिलो प्रशिक्षणमा ३८ गोल गरेका मेस्सी यो सिजन त्यही आँकडामा पनि नपुग्ने देखिन्छ। यसमा अरु कारणहरुका साथै मेस्सीसँग तालमेल मिल्ने खेलाडीको अभाव मैदानमा स्पष्ट देखिन्छ। 

पछिल्लो परिस्थितिमा इन्टर मिलानबाट स्ट्राइकर लाउटारो मार्टिनेज ल्याउने योजना पनि अस्पष्ट हुँदै गइरहेको छ। माथिल्लो स्तरमा राम्ररी प्रतिस्पर्धा गर्ने हो भने मार्टिनेजकै स्तरका स्ट्राइकरको आवश्यकता बार्सिलोनामा देखिन्छ पनि। 

अर्को उपाय पुरानो अवस्थामा सुधार गर्न जाभी या उनको स्तरका कोही नयाँ प्रशिक्षकको नियुक्ति पनि हुन सक्दछ। जसले नयाँ खेलाडीमाथिको विश्वास बढाएर प्रतिस्पर्धी टिमको आत्मविश्वास बढाउन सक्छन्। 

यसैले २०२१ मा हुने बार्सिलोना बोर्डको चुनावमा अध्यक्षका प्रत्याशी गरेका भिक्टर फोन्ट आफू अध्यक्ष भएमा पहिलो काम नै जाभीलाई प्रशिक्षकका रुपमा ल्याउने बताइरहेका छन्। त्यसका साथै अहिले कुनै पनि हालतमा मेस्सीलाई क्लब छाड्न दिन नहुने पनि उनको भनाइ छ। 

यिनै कारणहरुले मेस्सीसमेत निराश रहेको बार्सिलोना सुधारको अपेक्षा अब नयाँ ब्यवस्थापन आएपछिलाई नै थाँति देखिन्छ। त्यसमा प्रशिक्षकका रुपमा जाभी नै आए भने पुरानो शैली र खेलाडीसँगको सम्बन्ध पनि सुधार हुने आश बढ्छ नै। यसैले अहिले मेस्सीले के गर्छन् भन्ने कुरा भविष्यसँग जोडिएको छ। 

मेस्सी के गर्दैछन् भन्ने कुरा उनीबाटै थाहा पाउन मुस्किल छ। यसै पनि कम बोल्ने मेस्सी विवादमा आएका विषयमा त झन मौन प्राय रहन्छन्। १३ वर्षको उमेरमा बार्सिलोना आउँदादेखि अहिले विश्व उत्कृष्ट खेलाडी बन्दासम्म मेस्सीले मुस्किलले केही पटक सार्वजनिक रुपमा बोलेका छन्। यसैले ६ पटकका बालोन डिओर विजेताबारे आएका खबर काम नहुँदासम्म पुष्टि हुँदैनन्। 

(यो सामग्री स्पेनिस फुटबल पत्रकार जिलियम बालागुले बिबिसीमा लेखेको लेखका साथै स्पेनिस पत्रिका मार्का र गोलमा आधारित रहेर तयार पारिएको हो।) 
 

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्