काठमाडौं- अदालतमा नक्कली फैसला र आदेश भएको भन्दै आएका सूचनामा सर्वोच्च अदालतले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
सर्वोच्चले बुधबार विभिन्न अदालत र न्यायाधीशको नक्कली नाममा फैसला बनाएर प्रयोग भइरहेको सूचना प्राप्त भएको भन्दै यस्तो निर्देशन दिएको हो।
काठमाडौं, ललितपुर लगायतका जिल्ला र उच्च अदालतबाट भएको फैसला भन्दै नक्कली फैसलाहरु विभिन्न दूतावासमा पेश भएकोप्रति पनि अदालतले थप अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न भनेको छ।
यस्ता फैसला र आदेशले न्यायलयको स्वतन्त्रता र स्वच्छतामा असर पर्ने समेत सर्वोच्चले ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।