• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस ७, २०८२ Mon, Dec 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सहुलियत कर्जा कार्यक्रम किन भएन सन्तोषजनक?

दुई वर्षमा २८ हजारले मात्र पाए ऋण
64x64
नेपाल लाइभ बुधबार, असार १७, २०७७  २१:१२
1140x725

काठमाडौं– दुई वर्ष भइसक्दा पनि सहुलियतपूर्ण कर्जा वितरण कार्यक्रम सन्तोषजनक हुन सकेको छैन। कर्जाप्रति युवाहरु आकर्षित देखिए पनि कर्जा प्रवाहमा बैंकहरुले नै अनिच्छा देखाउँदा यो कार्यक्रम सन्तोषजनक हुन नसकेको पाइएको छ। 

सहुलियतपूर्ण कर्जा प्रवाह निराशाजनक हुनुमा वाणिज्य बैंकहरुले सरकारको कार्यक्रममा सहयोग नपुर्‍याएको आरोप सरकारी पक्षको छ। तर बैंकहरु भने सरकारको नीतिमै अस्पष्टता र अन्यौलता हुँदा कर्जा प्रवाह सन्तोषजनक हुन नसकेको बताउँछन्। 

सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ सरकारको नीतिगत अस्पष्टताका कारण कर्जा प्रवाह सन्तोषजनक हुन नसकेको बताउँछन्। 

‘कर्जा प्रवाह सन्तोषजनक हुन नसक्नुको कारण नीतिगत व्यवधान हो। यही व्यवधानकै कारण जुन ढंगमा कर्जा प्रवाह हुनुपर्ने हो त्यो ढंगमा हुन सकेन’ उनी भन्छन्, ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई पनि विदेशमा सिकेको सीप र ज्ञानका आधारमा मात्रै ऋण उपलब्ध गराउनुपर्ने व्यवस्थाले गर्दा कर्जा प्रवाहमा समस्या देखियो।’

ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा दुई प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने सरकारको नीतिका कारण पनि युवाहरु कर्जामा आकर्षित हुन नसकेको उनको भनाइ छ।

सो व्यवस्थाले जुन बैंकको बेस रेट कम हुन्छ त्यो बैंकले सस्तोमा ऋण उपलब्ध गराउने र बेस रेट बढी भएका बैंकबाट महंगो ब्याजदर पर्ने हुँदा समेत ऋण प्रवाहमा अप्ठ्यारोस्थिति सिर्जना आएको उनी बताउँछन्। 

आगामी आर्थिक वर्षदेखि भने सरकारले यो अप्ठ्यारोमाथि सहजीकरण गरिदिने भएको छ। सबै बैंकहरुले ५ प्रतिशत ब्याजदरमात्र सेवाग्राहीबाट लिन मिल्ने व्यवस्था गरिदिएको छ‚ बाँकी अपुग ब्याजदर भने बैंकलाई सरकारले उपलब्ध गराउनेछ। 

पछिल्लो अवस्थामा कोरोनाको कारणले गर्दा चैत महिनादेखि असारसम्म लगभग ४ महिना कर्जा प्रवाहमा अप्ठ्यारो स्थिति सिर्जना भएको बैंकहरुले बताएका छन्। 

Ncell 2
Ncell 2

त्यस्तै सेवाग्राहीहरुले कर्जाका लागि पेश गर्ने प्रपोजलको फर्म्याट बैंकले मागेअनुसार नहुँदा र ऋण फिर्ता आउँन सक्छ भन्ने ग्यारेन्टी नहुँदा कर्जा कार्यक्रम सोचेअनुकुल हुन नसकेको बैंकहरुले बताएका छन्। 

सहुलियतपूर्ण कर्जातर्फ ९ किसिमका कर्जाहरु छन्। जसअन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख, विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमशील कर्जा  १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म, उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षाका लागि ५, कपडा उद्योग सञ्चालनका लागि ५ करोड, भूकम्प पीडितहरुका लागि निजी आवास निर्माण कर्जा ३ लाख, र सिटिइभिटीबाट तालिमप्राप्त युवालाई जनही २ लाख उपलब्ध गराइने व्यवस्था गरिएको छ। 

२८  हजार ६ सय ८७ ले पाए सहुलियतपूर्ण कर्जा 
नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा २०७५ देखि हालसम्म २८ हजार ६ सय ८७ जनाले मात्रै सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन्। 

असार १५ गतेसम्म व्यवसायी तथा पशुपन्छी कर्जा बिनाधितो जम्मा ४ हजार ३ सय ५२ जनाले पाएका छन्। धितो राखेर १८ हजार ९ सय १४ जनाले पाएका छन्। 

शिक्षित युवा स्वरोजगार कर्जा ६१ जना, विदेशबाट फर्किएर आएका युवा परियोजना कर्जा १९२ जनाले पाएका छन्। त्यस्तै महिला उद्यमशील कर्जा ४५ सय ९४ जनाले पाएका छन्। दलित समुदाय व्यवसाय विकास कर्जा २४२ जनाले पाएका छन्।  उच्च तथा प्राविधिक शिक्षा कर्जा ८० जना, भूकम्पपिडित आवास निमार्ण कर्जा २१२ जनाले कर्जा पाएका छन्। कपडा उद्योग स्थापनाका लागि ४० जनाले कर्जा पाएका छन्। सिटीइभिटीबाट मान्यताप्राप्त तालिमका लागि कर्जा अहिलेसम्म कसैले पाएको छैन। 

९ किसिमका कर्जा परियोजनाअन्तर्गत अहिलेसम्म २८ हजार ६ सय ८७ जनाले यी कर्जा प्राप्त गरेका हुन्। यो संख्या सन्तोषजनक नरहेको राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले बताए।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
सम्बन्धित सामग्री
सुनको मूल्यमा नयाँ रेकर्ड नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासं... सोमबार, पुस ७, २०८२
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भइरहेको... आइतबार, पुस ६, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना सोमबार, पुस ७, २०८२
माइतीघरमा प्रदर्शनमा उत्रिएका जेन जेडहरुलाई प्रहरीले रोक्यो सोमबार, पुस ७, २०८२
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्