महोत्तरी- नेपाल विद्युत् प्राधिकरण जलेश्वरका दुई कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्।
३० हजार घुस लिने क्रममा प्राधिकरणका चौथो तहका बाबु सहायव सिंह र तेस्रो तहका लालबाबु पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
थ्री फेजको मिटर जडानका लागि भन्दै घुस मागेका उनीहरुलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।