काठमाडौं- ओपोले नेपालमा आफ्नो पहिलो टीडब्ल्यूएस इयरफोन तथा एन्को फ्रि सार्वजनिक गरेको छ। गत वर्षको डिसेम्बर महिनामा पहिलो पटक यो उत्पादन सार्वजनिक गरिएको थियो।
यस लगतै कम्पनीले लगातार हियरेबल्स मार्केटको बजार हिस्सा हात पार्ने सोचका साथ थप इयरबड्स पनि सार्वजनिक गरिसकेको छ। यही क्रममा ओपोले ब्राण्डेड ट्रुलि वायरलेस इयरबड्सको चाइनिज प्याटेन्ट अफिस (सिएनआइपिए)सँग प्याटेन्ट दर्ता गराएको छ। प्याटेन्ट गरिएको इयरबड्समा इन इयर डिजाइनका साथै यहि महिनाको शुरुवातमा चीनमा सार्वजनिक गरिएको एन्को डब्ल्यू ५१ टिडब्ल्यूएस इयरफोनमा झैँ स्टेमको प्रयोग गरिएको छ।
यो इयरबड्को पछिल्लो भागमा हल्का घुमाउरो डिजाइन प्रदान गरिएको छ। साथै यसमा, गोलाकारमा सुनौलो रिंग र सम्भवतः न्वाइज क्यान्सिलेसनका लागि एउटा कट–आउट डिजाइन पनि अपनाइएको छ। प्रमाणीकरण सूचीमा इयरबड्ससम्बन्धि विस्तृत विवरण दिइएको छैन। तथापि, यसमा एक्टिभ न्वाइज क्यान्सिलेसन तथा डिप बासलगायत फिचर्सहरु उपलब्ध हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।