नयाँ दिल्ली- भारत सरकारले टिकटकसहित ५९ एप्लिकेसनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार चीनमा निर्माण भएको टिकटकसहित अन्य ५९ एप्लिकेसनहरुको डाउनलोडमा रोक लगाइएको हो।
सोमबार एक सूचना जारी गर्दै उक्त निर्णय भएको जनाइएको हो। भारतीय सरकारको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने किसिमका एप्लिकेसनलाई प्रतिबन्ध लगाइएको बताइएको छ। भारत र चीनका विचमा सिमा विवाद चर्चिरहेकको समयमा यस्तो निर्णय भएको हो।
प्रतिबन्ध भएका एप्लिकेसनहरूमा टिकटक‚ सेयरइट‚ क्वाइ‚ यूसी ब्राउजर‚ बाइडू म्यापलगायत रहेका छन्। पछिल्लो समय चिनियाँ उत्पादनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै भारतीय नागरिकले सामाजिक सञ्जालमार्फत चर्को दबाब दिइरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।