काठमाडौं- मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको मिति पर सर्न सक्ने संकेत गरेको छ। विश्वव्यापी कोभिड-१९ महामारी तथा नेपालको संसद्ले अनुमोदन गर्न ढिलाइ गरेका कारण कार्यान्वयन मिति पछि सर्ने संकेत गरेको हो।
‘नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनःविचार आवश्यक देखिएको छ। निर्धारित मिति २०७७ असार १६ मा कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति हाम्रासामु देखापरेको अवस्था छ,’एमसिए-नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपालको संसद्बाट यो सम्झौता छिटै अनुमोदन हुनेसमेत उसको विश्वास छ।
नेपालको संसद्बाट असार १६ गतेसम्ममा अनुमोदन गरिसक्ने र सम्झौता कार्यान्वयमा ल्याइने समझदारी अमेरिकी सरकार नेपालबीच भएको थियो। तर सत्तारुढ दलभित्रबाट एमसिसी सम्झौताको विरोध भएपछि नेपालको संसद्बाट अनुमोदन हुने प्रक्रिया रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।