काठमाडौं-एसियाली विकास बैंक (एडिबी)ले नेपालको विद्युत आपूर्ति र वितरण प्रणाली सुधारका लागि २० करोड अमेरिकी डलर (करिब २४ अर्ब रूपैयाँ) बराबरको ऋण स्वीकृत गरेको छ।
नेपालले पछिल्ला केही वर्षमा विद्युत आपूर्तिको क्षेत्रमा ठूलो परिवर्तन गरेको भए पनि यसको विद्युत प्रसारण र वितरण प्रणाली बलियो बनाउन आवश्यक रहेको भन्दै एडिबीले यो ऋण स्वीकृत गरेको हो।
एडिबीले विद्युत उत्पादनका प्रमुख केन्द्रहरू (जेनेरेसन हब)बाट धेरै विद्युत खपत हुने क्षेत्र (लोड सेन्टर)सम्म गुणस्तरीय विद्युत पुर्याउनुका साथै वितरण सञ्जालको क्षमता बढाउनुपर्ने पनि जनाएको छ।
एडिबीले दिने यो ऋणबाट काठमाडौं उपत्यकासहित भरतपुर महानगरपालिका तथा पोखरा महानगरपालिका क्षेत्रको विद्युत आपूर्ति प्रणालीको क्षमता अभिवृद्धि गरिनेछ। प्रदेश नं २ का २० प्रतिशत गरिब घरधुरीलाई राष्ट्रिय ग्रिडमा जोड्न पनि यो रकम खर्च गरिनेछ।
यो कार्यक्रम दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गत जोडिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।