काठमाडौं-चालु आर्थिक वर्षको एघारौँ महिनामा आइपुग्दा निर्यात वृद्धिदर लगभग शून्यमा झरेको छ। भन्सार विभागका अनुसार जेठ मसान्तसम्ममा निर्यात वृद्धिदर ०.१९ प्रतिशतमा आइपुगेको छ।
गत वर्षको यही अवधिमा ८७ अर्ब ८३ करोड रूपैयाँको वस्तु निर्यात भएकोमा यसवर्ष ८८ अर्ब रूपैयाँको निर्यात भएको छ। गत वर्षको ११ महिनासम्मको तथ्यांकको तुलनामा यसपटक ०.१९ प्रतिशतले निर्यात बढेको छ।
यो अवधिमा ११ खर्ब रूपैयाँको वस्तु आयात भएको छ। गत वर्षको यही अवधिमा १२ खर्ब ९९ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो।
११ महिनासम्मको तथ्यांकअनुसार व्यापार घाटा १० खर्ब १२ अर्ब रूपैयाँ पुगेको छ। गत वर्षको तुलनामा यो १६.४३ प्रतिशत कम हो। गत वर्षको यही अवधिमा १२ खर्ब ११ अर्ब रूपैयाँ बराबरको व्यापार घाटा भएको थियो।
विभागका अनुसार कूल व्यापारमा निर्यातको हिस्सा गत वर्षको तुलनामा १.०७ प्रतिशत विन्दूले बढेको छ। गत वर्ष कूल व्यापारमा निर्यातको हिस्सा ६..३३ प्रतिशत रहेकोमा यसपटक ७.४ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।