• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

गोरेटो र आलीबाट निष्माको साइकल यात्रा [अन्तर्वार्ता]

64x64
सराेज तामाङ शुक्रबार, असार ५, २०७७  १२:०५
1140x725

काठमाडौं- केही सपना पूरा हुँदै थियो। केही सपना अधुरै छोडेर अघि बढ्दै थिइन्। उनलाई यस्तै लाग्दै थियो, छोडिएका पाइलाका डोपहरुले नसरापुन्। नजिस्काउन्। उनी थिइन् निष्मा श्रेष्ठ।

निष्मा जति मेहनती हुन्, भाग्यमानी खेलाडी पनि। जो निरन्तर साइक्लिङलाई नै आफ्नो करियर मानेर अघि बढिरहिन्। हरेक कठिन परिस्थितिसँग जुध्दै, गुज्रिदै एउटा गन्तब्यसम्म पुग्न सफल भइन्। नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले साइक्लिङमा ऐतिहासिक ४ स्वर्ण पदक जित्दा एउटा स्वर्णमा निष्मा श्रेष्ठको नाम थियो। 

साइकल कुदाउने मोहले साइक्लिङमा जोडिएकी निष्माका लागि १३औं साग निकै स्मरणीय रह्यो र उपलब्धिमूलक पनि। भविष्य खेर फालिस्, साइक्लिङमा लागेर के हुन्छ? भन्नेहरुको मुख पनि उनले टालिन्। हुन त नेपालमा साइक्लिङ खेलको अहिले पनि राम्रो माहोल त छैन। व्यवसायिकताको त अझ कुरै छोडौं।

उनै निष्मा श्रेष्ठसँग खेल जीवनका संघर्षसँग सम्बन्धित रहेर गरिएको कुराकानी-  

आरामै हुनुहुन्छ? दिनहरु कसरी बित्दै छ?
आरामै छु। बिहान एकदेखि ढेड घण्टा जति अभ्यास गर्छु। करिब ८-९ किलोमिटर जति साइकल कुदाउँछु होला। अरु त खासै केही हुँदैन। नजिकैका छिमेकी भाइभहिनीहरुलाई पनि सिकाउँछु।

पहिले अभ्यास गरिराख्थ्यौं। १३औं सागकै लागि हामीले निकै मेहेनत गरेका थियौं। त्यही भएर पनि राम्रो भइरहेको थियो। अहिले यो लकडाउनले गर्दा साइकल लिएर बाहिर जान पनि खासै पाहिएन। त्यसैले अल्छिपना हुँदो रहेछ। पहिले दिनभरी लामो दूरीसम्म गइन्थ्यो। अहिले त्यस्तो छैन।

नेपालमा साइक्लिङ खेलले अहिले पनि व्यवसायिकता पाएको छैन। यसअघिका दिनहरुमा त झनै कठिन परिस्थिति थियो। तपाईंलाई साइक्लिङ खेलले नै कसरी तान्यो?
म भर्खर साइकल चलाएर हिँड्न थाल्ने भएको थिएँ। मेरो मामा पहिलेदेखि नै साइकल चलाउनु हुन्थ्यो। साइकल पसलमै काम गर्नु हुन्थ्यो। मेरो बाबा पनि यही लाइनको हुनुहुन्थ्यो। साइकल रेसहरु गर्नु हुन्थ्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

म १२-१३ वर्षको हुँदा घरकै वरिपरि साइकल चलाइरहेको हुन्थेँ। साइकल चलाउँदै गर्दा प्रोफेसनल राइडर दाइहरुसँग भेट भयो। उहाँहरुले मलाई धेरै हौसला बढाउने गर्नुहुन्थ्यो। साइक्लिङ गरिराखे पछि धेरै राम्रो हुन्छ भन्ने गर्नुहुन्थ्यो।

उहाँहरुको कुराले मेरो मन छोयो। यहाँ केही हुन्छ भन्ने लाग्यो। खेल्दै गएँ। दाइहरुसँगै लामो लामो राइड गर्न थालेँ। 

दाइहरुको हौसला पाएपछि साइक्लिङ गर्दै गर्दा नेपालमा पनि साइक्लिङ एशोसिएसन छ। यसले खेलाडीको लागि केही गर्छ भन्ने थाहा थियो?
नेपाल साइक्लिङ एशोसिएसनकै बारेमा चाहिँ थाहा थिएन। तर प्राइभेटतर्फबाट रेसहरु चाहिँ हुन्छ भन्ने सुनेको थिएँ। सन् २०१४ को अन्तिमतिर चाहिँ ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) ले ट्रायथलन भन्ने प्रतियोगिता गरेको थियो। त्यहाँ साइक्लिङ, रनिङ र र्‍याफ्टिङ थियो।

यो प्रतियोगितामा केटीहरुको समूह बनाएर सहभागिता भएको थिएँ। यहाँबाट चाहिँ मेरो रेसिङ करियर सुरु भयो भन्नु पर्छ। त्यसपछि सोलो रेस चाहिँ धरानबाट सुरु भयो।

साइक्लिङ एशोसिएसनले अहिलेसम्म के कस्ता कार्यक्रम तथा खेलाडीका लागि कस्ता व्यवस्था गर्दै आएको छ?
एशोसिएसनले हरेक वर्ष राष्ट्रिय च्याम्पियनसिप गराउने गरिरहेको छ। त्यसबाहेक नयाँ नयाँ कोर्ष बनाउँदै प्रतियोगिताहरु गराइ रहेको छ। अभ्यासको व्यवस्था गर्ने गर्दै आएको छ।

जति पनि प्रतियोगिता हुन्छ, त्यो सबैमा हामीले आफ्नो व्यक्तिगत साइकल प्रयोग गर्दै आएका छौं। एशोसिएसनले खाने बस्ने लगायतका व्यवस्था गरिदिन्छ तर आवश्यक सबै सामग्री आफैले जुटाउनु पर्छ।

तपाईंले प्रयोग गरिरहनु भएको साइकलको मूल्य चाहिँ कति पर्छ?
मैले कुदाउँदै गरेको साइकलको सेकेण्ड हेन्ड हो। मैले ३ लाख ५० हजार रुपैयाँमा सेकेण्ड हेन्ड साइकल किनेको हो। योभन्दा अगाडि मैलै अर्कै साइकल चलाउँथे। त्यो चाहिँ फिलिपिन्सका नागरिकले २०१५ मा उपाहार दिनु भएको थियो। त्यो साइकल चाहिँ अहिले अलिक सानो भएर आफ्नै पैसाले अर्को किनेको।

बाहिरी देशका खेलाडीलाई धेरै स्पोन्सरहरु आइरहेको हुन्छ। हरेक कुराले उनीहरु अब्बल हुन्छन्। तर नेपाली खेलाडी आर्थिक हिसाबले खासै बलियो हुँदैनन्। सबै आफूले नै व्यवस्था गरेर खेल्नु पर्ने भएको हुँदा उनीहरुको भन्दा कम स्तरीय साइकल प्रयोग हुन्छ।

साइक्लिङ खेलमै मेरो भविष्य छ। यहाँ म केही गरेर देखाउँछु भन्ने चाहिँ कति बेला लाग्यो?
साइक्लिङ सुरु गरेको एक वर्ष पछि नै मैले मेडलहरु जित्दै गएँ। त्यसपछि ए यहाँ पनि करियर बनाउन सकिँदो रहेछ भन्ने भयो।

राम्रो गरेको खण्डमा नामसँगै दाम पनि हुने रहेछ भन्ने लाग्यो। त्यसपछि झनै दृढ भएर लागेँ। साथ र सहयोग पनि त्यही अनुसारको पाउँदै गएँ। 

साइक्लिङमै करियर बनाउँछु भनेर घरमा सुनाउँदा बाबा आमाले के भन्नु हुन्थ्यो? सुरुवाती दिनहरुमा कतिको साथ पाउनु भयो?
अरुको भन्दा मेरो परिवार चाहिँ यस्तो विषयमा सहयोगी नै हुनुहुन्छ। बिहानै साकल लिएर बेलुका घर फर्किंदा पनि केही भन्नु हुँदैन थियो। मैले गरेको हरेक काममा साथ दिनुहुन्थ्यो।

सुरुवाती दिनहरुमा मलाई खासै गाह्रो चाहिँ भएन। परिवारको साथ राम्रोसँग पाएको थिएँ।

१३औं सागमा नेपालले डाउन हिल र क्रस कन्ट्रीमा समान २-२ स्वर्ण पदक जित्न सफल भएको थियो। रोड बाइकिङमा निकै कमजोर देखियो। यसको मुख्य कारण के होला?
यसमा धेरै कारण छैन। रोड बाइकिङमा किन नेपालको कमजोर नतिजा आयो भन्दा नेपालमा अभ्यास गर्ने ठाउँ नै छैन। बाटो राम्रो छैन। यहाँ रोड सुरक्षित छ भन्न मिल्दैन। ट्राफिक उतिकै हुन्छ। राम्रोसँग अभ्यास गर्न पाउँदैनन्। ट्रेनिङ गर्ने राम्रो व्यवस्था पनि हुँदैन। त्यसैले गर्दा नतिजा राम्रो आउन सकेन।

१३औं सागकै लागि भनेर अभ्यास गर्दै गर्दा या प्रतियोगिताकै दिनसम्म स्वर्ण पदक जित्छु भन्ने लागेको थियो?
अभ्यास गरेअनुसार स्वर्ण पदक जित्छु भन्ने थियो। सबै खेलाडीको लक्ष्य नै त्यही हो, स्वर्ण। सकेसम्म आफ्नो बेष्ट दिन्छु भनेर सोचेको थिएँ।

यहाँसम्मको यात्रामा धेरै पसिनाहरु बगेको छ। जसरी भए पनि राम्रो गर्नु पर्छ भन्ने मानसिकता बनाएको थिएँ। रेस सुरु भयो। नभन्दै आफूले सोचेको जस्तै नतिजा आयो। एक हिसाबले भन्नु पर्दा लक्ष्यमा पुगेँ।

१३औं सागभन्दा अघि तपाईंले डाउनहिलमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु भएको थियो?
मैले २०१६ बाट साइक्लिङको डाउनहिलमा प्रतिस्पर्धा गर्दै आइरहेको छु। यो अवधिमा मैले निकै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेलेँ। 

थाइल्यान्ड, मलेसिया, भारत लगायतका देशहरुमा गएर खेलेको छु। आफूलाई अब्बल सावित पनि गरेको छु।

साइक्लिङ खेलमा लागेर ठिकै गरेँ भन्ने लाग्छ कि अरु केही गर्न पाएको भए भन्ने हुन्छ?
मैले जति पनि अहिलेसम्म उपलब्धि पाएको छु। यसले मलाई गर्व गर्न सक्ने बनाउँछ। ४-५ वर्ष बगाएको पसिना खेर गएको छैन। मैले जति गरेको छु त्यसको प्रतिफल राम्रो छ। त्यसैले मलाई पछुतो होइन खुशी लाग्छ। साइक्लिङ करियर छानेर पछुताएको चाहिँ अहिलेसम्म छैन।

साइक्लिङ खेलको स्कोप नेपालमा कतिको देख्नु हुन्छ?
नेपाल माउन्टेन बाइकिङको लागि उपयुक्त स्थान हो। तर हामीले अभ्यास गर्नका लागि राम्रो व्यवस्था नै छैन। हामीले अहिले जति पनि अभ्यास गर्छौ त्यो कि त मान्छे हिँड्ने बाटो हुन्छ कि त खेतको आलीहरु।

ल साइक्लिङको लागि यो स्थानमा बनाएर अभ्यास गर्नु भन्ने नै छैन। अहिले हामीले सिकेको भनेकै मान्छे हिँड्ने बाटो, खेतको आली अथवा पार्कतिर हो। यदि हामीलाई पनि बाहिरको जस्तै व्यवस्थित स्थानमा अभ्यास गराउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउन सकिन्छ जस्तो लाग्छ। यो खेल नेपालको लागि नयाँ नै हो। त्यसमाथि पनि साइक्लिङ खेलमा सरकार र सम्बन्धित निकायको ध्यान कमै पुगेको छ।

तपाईंको अबको उद्देश्य के छ?
मैले जे गरिरहेको छु त्यसैलाई निरन्तर दिन पाउँ। अभ्यासहरु भइरहोस्। म टुरिजम फिल्डमा पनि छु। माउन्टेन बाइकिङ गाइड काम गर्छु। सिजनमा ३-४ वटा हुन्छ। यसलाई अगाडि बढाउँदै जाउँ।

कोरोना भाइरस लागेपछि बच्चाहरुलाई पनि साइक्लिङ सिकाउन थालेको छु। यो पनि निरन्तर भइरहोस्।

अन्त्यमा तपाईंलाई केही भन्न मन छ?
हामीलाई संघले जति सहयोग गरिरहनु भएको छ, यो निरन्तर होस्। अन्तर्राष्ट्रिय स्तरमा मेडल खोज्ने हो भने साइक्लिङमा अझै लगानी गर्नु पर्छ। अन्य देशको तुलनामा हामी निकै पछि छौं। राम्रो नतिजाको लागि लगानी पनि राम्रै हुनुपर्छ।

*तस्बिरहरु निष्माको फेसबुकबाट लिइएका हुन्।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्