• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

करमा सर्वोच्चको आदेश : 'जुडिसिएल एक्टिभिजम' कि राहत?

कर कानुनका जानकार भन्छन्- हामी गलत बाटोमा हिँड्दैछौँ
64x64
सविन मिश्र बुधबार, असार ३, २०७७  १६:०६
1140x725

काठमाडौं- सर्वोच्च अदालतले लकडाउनअघि कै राजस्व उठाउन सरकालाई रोकेको छ। चैत ११ गतेबाट लकडाउन सुरु भए पनि त्यसअघि उपभोक्ताबाट व्यवसायीले संकलन गरेको तथा तलबमा करकट्टी भएको रकम उठाउनबाट अदालतले सरकारलाई रोकेको हो। 

व्यवसायीले फागुन महिनाभर तथा चैतको १० गतेसम्म संकलन गरेको मूल्य अभिवृद्धि कर तथा फागुनकै तलबको करकट्टी रकम सरकारलाई बुझाएका छैनन्। यसैगरी उपभोक्ताबाटै उठाइने दूरसञ्चार सेवा दस्तुर र अन्त:शुल्क पनि उठाउन सरकाले रोकेको छ। यो रकम असार ७ गतेभित्रमा बुझाउन सरकारले सूचना प्रकाशित गरेको भए पनि अदालतले सूचना कार्यान्वयन नगर्न आदेश दिएको छ। 

लकडाउनकै बीचमा सरकारले कर तिर्ने समय दुईपटक थपिदिएको थियो। योबीचमा जरिवाना नलाग्ने व्यवस्था पनि गरेको छ। दोस्रोपटक थपेको म्याद जेठ २५ र जेठ मसान्तमा सकिए पनि विरोधपछि असार ७ गतेसम्म थपिएको छ। यही विषय अदालत प्रवेश गरेपछि अदालतले लकडाउन नखुलेसम्म कर नउठाउन भनेको छ। 

कर असुली प्रक्रिया अवरुद्ध हुने गरी जेठ २८ गते जारी भएको अन्तरिम आदेश विरुद्ध सरकारले दिएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलाशले 'यसअघि जारी भएको अन्तरिम आदेश खारेज गर्नुपर्ने न्यायिक आधार, कारण र परिवर्तित परिस्थिति नदेखिएको' ठहर गरेको छ। 

अदालतको यो आदेशसँगै उपभोक्ताबाट व्यवसायीले उठाएको रकम पनि सरकारले नपाउने भएको हो। उपभोक्ताबाट संकलन गरेको कर सरकारले नपाउने गरी अन्यत्र नै त्यसको उपयोगको हक कायम गराउने गरी अदालतको फैसला आउनु मूल्य अभिवृद्धि करको सिद्धान्त विपरीत हुने यसका जानकारहरू बताउँछन्।

आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक अवनिन्द्रकुमार श्रेष्ठले कानुन कार्यान्वयन गर्ने निकायको विशेषाधीकारबारे सबैले विचार गर्नुपर्ने बताए। 'कतिपय निकायलाई कानुनले नै विशेष अधिकार दिएको हुन्छ, त्यस्ता अधिकारबारे अदालतले पनि बुझ्नुपर्ने हो,' उनले भने। 

आन्तरिक राजस्व विभागका अर्का एक पूर्वमहानिर्देशक यसलाई 'जुडिसिएल एक्टिभिजम' (न्यायिक सक्रियता)को संज्ञा दिन्छन्। राज्यको अस्तित्व रहेसम्म कर उठाउने अधिकार रहने भएकाले अदालतले सरकारलाई कर नै नउठाऊ भन्नु उचित नहुने उनको भनाइ छ। 

'विगतमा सामान्य कर निर्धारण पनि नगर भन्ने खालका अन्तरिम आदेश पनि आउने गरेका थिए, अहिले पनि कर नउठाऊ भन्ने आदेश आएको छ,' उनले भने, 'कर संकलनको प्रक्रिया, कानुनले दिएको अधिकार बुझ्नुपर्ने विषय थियो।' 

nimb
nimb
Ncell 2
Ncell 2

आन्तरिक राजस्व संकलनमा अवरोध सिर्जना भएसँगै अहिले सरकारको आम्दानी घटेको छ। जसका कारण सरकारमाथि अनिवार्य दायित्व भुक्तानीमा समस्या पर्न सक्ने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। 

कर कानुनका जानकार चार्टर्ड एकाउन्टेन्ट भवनाथ दाहाल अदालतको निर्णयको बहुआयामिक असर पर्ने बताउँछन्। सरकारी निकायले पनि आफूले व्यवसायीलाई भ्याटसमेत तिर्ने भन्दै दाहालले त्यही रकम उठाउन नपाउने गरी आदेश आउनु गलत भएको उल्लेख गरे। लकडाउनको अवधिमा कतिपय व्यवसाय बन्द नभएको भन्दै उनले सञ्चालनमा रहेका व्यवसायीले कर तिर्नुपर्ने बताए।
'अहिले सबैलाई अफ्ठ्यारो परिरहेको छ, कतिपय व्यवसाय सधैँ खुलेका छन्, व्यवसायी पनि त्यही व्यवसायका नाममा पास लिएर हिँडिरहेका छन्,' उनले भने, 'सरकारी निकायले पनि व्यवसायीलाई विभिन्न कर बुझाएको हुन्छ, त्यही रकम सरकारलाई चाँहि बुझाउनु नपर्ने भन्नुको अर्थ हामी गलत बाटोमा हिँड्दैछौँ भन्ने हो।'

कर संकलन नहुँदा सरकारले अहिलेको आपतकालीन् अवस्थामा औषधी खरीदमा भुक्तानी दिनै समस्या पर्न सक्ने अर्थका अधिकारीहरू बताउँछन्। 'गत वर्ष असारमा २ खर्ब भुक्तानी भएको रहेछ, यो वर्ष त्यति नभए पनि १ खर्ब रूपैयाँ भुक्तानी हुन्छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'त्यसका लागि पनि पैसा त चाहियो, अब राजस्व नउठेपछि कहाँबाट ल्याएर गर्ने?'

सर्वोच्च अदालतले न्यायिक काम कारबाहीका लागि लकडाउन अवधिभरलाई शून्य समय मानेको छ। बृहत् पूर्ण इजलाशले यो निर्णय गरेकाले सर्वोच्चले तत्काल कर तिर्नु नपर्ने गरी आदेश जारी गरेको हो। चार्टर्ड एकाउन्टेन्ट दाहाल यसैमा असहमती राख्छन्। 'बन्दी प्रत्यक्षीकरणको मुद्दामा अदालतले बन्दी झिकाउन र न्यायिक अधिकारीसमक्ष उपस्थित गराउन आदेश दिन सक्छ भने कर तिराउन किन सक्दैन?,' उनको प्रश्न छ। 

अदालतको यो आदेशले उपभोक्तालाई भन्दा मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यवसायी, अन्त:शुल्कमा दर्ता भएका व्यवसायी र करकट्टी गराउने कार्यालयलाई फाइदा भएको छ। उपभोक्ताले कर तिरिरहेका छन्, जागिरेको तलबबाट करकट्टी भइरहेको छ तर व्यवसायीले सरकारलाई तिर्नुपर्ने पैसा ४ महिनायता आफैँले निर्वाध उपभोग गरिरहेका छन्।

'जसले राहत पाउनुपर्ने हो, त्यसले पाएको छैन, अदालतको यो आदेशले कर संकलन गरेर बुझाउने वर्गलाई मात्रै फाइदा भएको छ,' आन्तरिक राजस्व विभागका अर्का पूर्वमहानिर्देशकले भने, 'अप्रत्यक्ष करमा उपभोक्ताले फाइदा पाउँदैन, व्यवसायीले संकलकको भूमिका निर्वाह गर्नुपर्नेमा करदाता जस्तै ठानिरहेको छ।' 

यो पनि पढ्नुहोस्

कर दाखिला मिति विवाद : के छ सर्वोच्चले दिएको आदेशमा?मंगलबार, असार २, २०७७

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १६:०६
  • #सर्वोच्च
  • #कर-तिर्ने-मिति-विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
न्यायाधीश र संवैधानिक पदाधिकारीको नयाँ तलबमान सार्वजनिक नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य र... शुक्रबार, साउन २९, २०८३
सुनको मूल्य आज पनि घट्यो सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार, साउन २९, २०८३
कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ आजको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका ठूलो नेपाली गोलभेडाको औसत थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकेको छ। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
मुस्ताङको घरपझोङमा भन्सारबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा, चालक पनि पक्राउ शनिबार, साउन ३०, २०८३
एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्यायका लागि दुई महिनादेखि सडक संघर्षमा शनिबार, साउन ३०, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्