• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कर दाखिला मिति विवाद : के छ सर्वोच्चले दिएको आदेशमा?

64x64
नेपाल लाइभ मंगलबार, असार २, २०७७  १४:२३
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको अवधिको आयकर तथा वैशाख मसान्तसम्मको अन्त:शुल्क, मूल्य अभिवृद्धि कर तथा दूरसञ्चार सेवा शुल्क दाखिला गर्न आन्तरिक राजस्व विभागले जेठ २० गते सूचना प्रकाशित गर्‍यो। लकडाउन अवधिकैबीचमा कर तिर्न दबाब दिइएको भन्दै यसको व्यापक विरोध भयो। 

विरोध भएपछि आन्तरिक राजस्व विभागले एउटा सूचना प्रकाशित गर्‍यो, जसअनुसार कर विवरण र कर रकम बुझाउने मिति असार ७ गतेतसम्मका लागि थपिएको छ। विभागले यो निर्णय गरेको केही दिनमा नै अधिवक्ता सिर्जना अधिकारी र थानेश्वर काफ्लेले सर्वोच्च अदालतमा रिट दायर गरे। लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न पाउनुपर्ने मागदावीसहित उनीहरू सर्वोच्च पुगे। 

सर्वोच्च अदालतले जेठ २८ गते अन्तरिम आदेश जारी गर्दै विभागको सूचना कार्यान्वयन नगर्न भन्यो। सर्वोच्चले अन्तरिम आदेश दिएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर र अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले छुट्टाछुट्टै भ्याकेट दर्ता गराए।

सरकारको तर्फबाट दर्ता गराइएको भ्याकेटमा कर तिर्ने मिति सार्नु व्यवहारिक र कानुनी दुवै दृष्टिकोणले गलत हुने दावी गरिएको थियो। साथै अन्त:शुल्क, मूल्य अभिवृद्धि कर र स्रोतमा करकट्टी गरिएको रकम व्यवसायीले आफ्नोतर्फबाट बुझाउने नभइ संकलित रकम मात्रै दाखिला गर्ने भएकाले यो रकम सरकारले तोकिएको अवधिमा नै पाउनुपर्ने सरकारको जिकिर थियो। 

सरकारको भ्याकेटमाथि आइतबार सुनुवाइ भयो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश प्रकाशकुमार ढुंगानासहितको इजलाशमा यो पेशी तोके। सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलसहितको टोलीले बहस गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

बहसपछि सर्वोच्चले अन्तरिम आदेश खारेज गर्नु नपर्ने ठहर गरेको छ। आइतबारको आदेशमा भनिएको छ, 'यस अदालतबाट मिति २०७७/२/२८ गते जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (७) बमोजिम खारेज गरी पाउँ भनी पेश गरेको निवेदन व्यहोरा अध्ययन गरियो। निवेदकहरुद्वारा प्रेषित उक्त निवेदनमा यस अदालतबाट २०७७/२/२८ मा जारी भएको अन्तरिम आदेशलाई खारेज गर्नुपर्ने कुनै न्यायिक आधार, कारण तथा परिवर्तित परिस्थितिहरु उल्लेख भएको नदेखिँदा यस अदालतबाट मिति २०७७/२/२८ मा जारी भएको अन्तरिम आदेश खारेज गर्नुपर्ने देखिएन। कानुनबमोजिम गर्नू।' 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अदालतको यो आदेशसँगै सरकारले तत्काल कर उठाउने बाटो बन्द भएको छ।  सर्वोच्चको आदेशसँगै अब सरकारले जेठ २० गते जारी गरेको पहिलो सूचना र त्यसको संशोधअनुसार असार ७ गतेसम्ममा कर तिर्न भनेपनि उक्त मितिमा कर उठाउन पाउने छैन। सर्वोच्चको यो आदेशले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको आयकर उठाउन तथा वैशाखसम्मको अन्त:शुल्क तथा मूल्य अभिवृद्धि कर उठाउन सक्ने छैन।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १४:२३
  • #सर्वोच्च
  • #कर-तिर्ने-मिति-विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै... बिहीबार, असोज २९, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्