• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत १३, २०८२ Fri, Mar 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

४५ वर्षपछि भारत र चीन आमुन्नेसामुन्ने, यस्तो छ विवादका श्रृंखला

64x64
नेपाल लाइभ बुधबार, असार ३, २०७७  १२:२४
1140x725

काठमाडौं- ४५ वर्षपछि भारत र चीनको सीमामा सैनिकले ज्यान गुमाएका छन्। मंगलबार भएको झपडमा भारततर्फका २० जना सैनिकको ज्यान गएको छ भने चीनतर्फको सूचना सार्वजनिक भएको छैन।

योभन्दा अघि स् १९७५ मा दुई देशका बीचमा दोहोरो भिडन्त भएको थियो। भारतीय सेनाको गस्ती दलमा अरुणाञ्चल प्रदेशको एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) क्षेत्रमा चिनिया सैनिकले आक्रमण गरेका थिए। त्यसअघि १९६७ मा नाथुला सीमामा दुई देशका सेनाका बीचमा हिंसात्मक भिडन्त भएको थियो।

भारतीय सञ्चार माध्यमले चिनिया सेनातर्फ पनि हताहत भएको बताए पनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन। चीनले पनि यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन।

यो घटनाको असर दुवै छिमेकी मात्र नभई नेपालमा पनि पर्ने अनुमान गरिएको छ। नेपालको सीमा विवाद चलिरहेको र नेपाली नागरिकहरुको गोरखा रेजिमेन्ट भारतीय सेनामा रहेको छ। चीन र भारतका बीचमा युद्ध भएमा पहिलो मोर्चाका रुपमा गोरखा सेना खटिने निश्चित छ।

१९९३ देखि दुवै देशका बीचमा सीमामा शान्ति कायम गर्ने सम्झौताको पालना हुँदै आएको थियो। तर पछिल्ला ४० दिनमा यो तनाव बृद्धि भएको थियो। अहिलेसम्म यसको कुनै समाधान निस्केको छैन।

भारतले मंगलबारले चीनलाई एलएसीको सम्मान गर्नुपर्ने बताएको छ। चीनका तर्फबाट पनि विदेशमन्त्रीले भारतले चिनिया सीमाको सम्मान गनुपर्ने बताएका थिए।

चिनिया पक्षले भारतीय सेना चीनतर्फको भू-भागमा छिरेका कारण यस्तो घटना भएको दाबी मंगलबार सार्वजनिक गरेको थियो। चीनको विदेश मन्त्रालयले सोमबार भारतीय सेनाले दुई पटक सीमा उल्लंघन गर्दै चिनिया सेनामाथि उक्साउने काम गरेको आरोप लगाएको छ। दुवै देशले एक अर्कालाई सीमाको सम्मान नगरेको आरोप लगाइरहेका छन्।

आरोप प्रत्यारोप
यो घटनापछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकारसँग कुरा गर्दै ६ जुनमा भएको उच्च कमान्डर बैठक निकै राम्रो भएको र उक्त बैठकले दुवै देशका बीचमा तनाव कम गर्ने सहमति भएको बताए।  यो बैठकमा भएको सहमति लागू गर्न तल्लो तहमा पनि बैठकको क्रम चलिरहेको थियो।

Ncell 2
Ncell 2

‘हामीलाई आश थियो कि उच्चस्तरीय कमान्डर बैठकपछि विस्तारै शान्ति हुँदै जाने छ तर चिनिया पक्षले यो सहमतिबाट पछाडि हटेर गलवाना घाटीमा एलएसीमा हिंसात्मक झडप भयो’, श्रीवास्तवले भने, ‘१५ जुनको राति अबेरसम्म झडप भयो। यसको एकमात्र कारण चिनिया पक्षले एकतर्फी रुपमा हाल कायम अवस्थालाई तोड्ने प्रयास गरे।’

श्रीवास्तवले दुवै तर्फका सेनाहरु ज्यान गएको भन्दै यसलाई रोक्न सकिने थियो तर उच्चस्तरमा भएको सहमति चीनिया पक्षले उल्लंघन गरेको आरोप उनले लगाए।

गान्धीद्वारा दुःख व्यक्त
चीनको सिमानामा २० सैनिकको ज्यान गएपछि मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीले दुःख व्यक्त गरेका छन्।

‘सेनाका जुन अधिकारी र जवानहरुले हाम्रो देशका लागि ज्यान गुमाए, उनका लागि म धेरै दुःखी छु’, गान्धीले लेखेका छन्, ‘म यसलाई शब्दमा बयान गर्न सक्दिनँ, सबै परिवारप्रति समवेदना प्रकट गर्दै यो दुःखद अवस्थामा सबै देश परिवारका साथ छौं।’

राहुल गान्धीले चीन र भारतका बीचमा सिमानामा भइरहेको तनावका विषयमा सरकारले प्रष्ट नबताएको आरोप पनि लगाएका छन्।

कहिले-कहिले भयो तनाव 
दुई देशका बीचमा सबैभन्दा ठूलो तनाव सन् १९६२ मा भएको थियो। यो तनाव विस्तारै ठूलो युद्धमा परिणत भयो। १९६२ मा चीनले भारतलाई हराउन सफल भएको थियो।

त्यसपछि १९६७ मा फेरि भारत र चीनका बीचमा तनाव बृद्धि भयो। नाथुला दर्रेमा भएको यो घटनामा चिनिया पक्षले पनि धेरै नोक्सान व्यहोरेको थियो। कयौं बंकर भारतीय आक्रमणका कारण ध्वस्त भएका थिए भने सैनिकहरु पनि हताहती भएका थिए। यो विवाद सीमामा तारबार गर्नेबाट सुरु भएको थियो। भारतले नाथुलादेखि सेबूसम्म तारबार गरिरहेको थियो। १४ हजार २०० फिटको उचाइमा रहेको नाथुला दर्रा तिब्बत–सिक्किम सीमा हो। जुन बाटो हुँदै पहिला गैंटोक–यातुंग–ल्हासा व्यापार गुजरातसम्म हुने गर्दथ्यो।

१९६५ मा भारत पाकिस्तान युद्धको समयमा चीनले भारतलाई नाथुला र जेलेपला दर्रे खालि गर्न भनेको थियो। भारतले चीनको यो आग्रहपछि जेलेप खाली गर्‍यो तर नाथुलामा विवाद सुरु भयो। यो विवाद लडाइमा परिणत भयो र केही दिनसम्म दुवै पक्षले फाइरिङ जारी राखे। २० दिनपछि चिनिया पक्ष फेरि अघि बढेको भारतीय पक्षको आरोप थियो।

अक्टुबर १९६७ मा नाथुलामा भएको घटनामा ८० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने चिनिया पक्षको ३०० देखि ४०० सम्मको ज्यान गुमाएको दाबी भारतीय पक्षको थियो।

१९७५ मा फेरि भारत चीनका बीचमा विवाद भयो। अरुणाञ्चल प्रदेशको तुलुंगलामा असम राइफल्सको जवानको पेट्रोलिङ टिमाथि चीनले हमला गरेको भारतीय पक्षको आरोप छ। तर चिनिया पक्षले भारतीय सेनाले सीमा पार गरेको दाबी गरेको थियो। यो घटनामा चार भारतीय सैनिकले ज्यान गुमाएका थिए।

२० अक्टुवर १९७५ मा एलओसीमा भारतीय सेनामाथि एक्कासी आक्रमण भएको दाबी भारतीय पक्षले गर्ने गरेको छ। चिनिया पक्षले भने भारतीय सैनिकहरुले एलओसी क्रस गर्दै चिनिया पोष्टमा आक्रमण गरेको आरोप लगाएको थियो।

१९८७ मा फेरि दुई देशका बीचमा तनाव सिर्जना भयो। यो विवाद तवांगको उत्तरी  क्षेत्र समदोरांग चू मा भएको थियो। भारतीय सैनिक चूको दक्षिणी क्षेत्रमा रहेको थियो। दुवै देशले यो क्षेत्र आफ्नो भएको दाबी गरिरहे। भारतीय सेनाले यहाँ अप्रेसन फाल्कन चलायो। विवादित क्षेत्रमा एयरल्याड गरियो। भारतीय जवान  हाथुंगला पहाडमा तैनाथ भए। जुन क्षेत्रबाट समदोई चू साथै अन्य तीन पहाडी इलाकामा निगरानी गर्न सकिन्थ्यो। लद्दाखदेखि सिक्किमसम्म दुवै देशका सेना आमुन्ने सामुन्ने भए। तर यो विवाद वार्ताबाट समाधान भयो।

यसपछि १९८७ मा दुई देशको सीमामा हिंसा भयो। अहिले २०२० मा आएर यो विवाद हिंस्रक हुनुका साथै भारतीय पक्षले १५ जुनका दिन भएको भिडन्तमा २० जवान गुमाएको छ।

बिबिसी हिन्दी, आजतक लगायत एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
को-को बन्दैछन् मन्त्री
सम्बन्धित सामग्री
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ इरानी विदेश मन्त्री अब्बास अरागचीले चीन, रुस, भारत, पाकिस्तान र इराक जस्ता मित्र देशका लागि हर्मुज जलमार्गबाट तेलका जहाजहरू आवागमन ग... बिहीबार, चैत १२, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गरेको थियो, जसका कारण उक्त क्षेत्... बुधबार, चैत ११, २०८२
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प ७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको खतरा नदेखिएको जनाइएको छ । मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्