एजेन्सी–चीनले भारतीय सैनिकले सहमति उल्लंघन गरेको उल्लेख गर्दै वार्तामार्फत विवाद सुल्झाउन आग्रह गरेको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ जनमुक्ति सेना (पीएलए) का पश्चिमी कमाण्डका प्रवक्ता चाङ सुईलीले सेनाको आधिकारिक विबो (चीनको सामाजिक सञ्जाल) अकाउन्टमार्फत् उक्त आग्रह गरेका हुन्।
चाङले भारतले आफ्ना सैनिक रोक्न र विवाद समाधान गर्न वार्ताको बाटोमा अघि बढ्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘भारतीय सैनिकले आफ्ना प्रतिबद्धता उल्लंघन गरेका छन् र एक पटक फेरि नियन्त्रण रेखा पार गरेका छन्। जानी जानीकन चिनियाँ सैनिकलाई उक्साए र आक्रमण गरे। यसबाट दुई पक्षबीच झडप भयो र हताहतीको कारण बन्यो। भारतले आफ्ना सैनिकलाई कडाइका साथ रोक्न र वार्ताको माध्यमबाट विवाद सुल्झाओस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।