• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बिगमार्टको सामान अनलाइनबाट बढी मूल्यमा बेच्ने दराज क्यामुलाई जरिवाना

64x64
नेपाल लाइभ मंगलबार, असार २, २०७७  १८:३०
1140x725

काठमाडौं- बढी मूल्यमा खाद्य वस्तु बेच्ने अनलाइन व्यापार कम्पनी दराज क्यामुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने भएको छ। दराज अनलाइनमार्फत बिगमार्टको सामान (खानेतेल) अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढीमा बिक्री वितरण गरेको भेटिएपछि विभागले कारबाहीको प्रकृया अगाडि बढाएको हो। 

‘दराजले बिक्री गरेको खानेतेलमा एमआरपीभन्दा बढी मूल्य लिएको भेटिएपछि हामीले दराजलाई सो विषयमा स्पष्टिकरण सोधेका थियौं। दराजले आफूले नभई बिगमार्टले बढी मूल्य तोकेको भनेको छ,’ विभागका प्रवक्ता रविन्द्र आचार्यले नेपाल लाइभसँग भने। 

दराजले बढी मूल्यमा सामान बिक्री गरेको विभागमा गुनासो आएपछि जेठ ३२ गते विभागले दराजलाई उसको व्यवसायसँग सम्बन्धित दर्ता, पान, भ्याट र चालु आर्थिक वर्षको खरिद तथा बिक्री बिललगायत काजगातहरु लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन भनेको थियो। प्रवक्ता आचार्यका अनुसार दराजले मंगलबार ती कागजातहरु बुझाएको छ भने सामानको मूल्य दराजले नभई बिगमार्टले बढी तोकेको प्रष्टिकरण पनि विभागमा दिएको छ। तर विभागले भने उपभोक्ता संरक्षण ऐन २०७५ विपरीतको काम गरेको देखिएको भन्दै कारबाहीका लागि प्रकृया अगाडि बढाइसकेको छ। 

Ncell 2
Ncell 2

वाणिज्य विभागले दराजलाई यसअघि पनि कारबाही गरिसकेको छ। अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराज क्यामुलाई गत माघमा ३ लाख रुपैयाँ जरिवाना गरेको थियो। 

वाणिज्य विभागले गतवर्ष कात्तिक २२ गते पहिलोपटक दराज क्यामुको अनुगमन गरेको थियो। दराजले नोभेम्बर ११ (कात्तिक २५ गते) ‘मेगा सेल डे’ मनाएर  ‘मेगा डिल अफर’ का नाममा छुट योजना चलाएपछि त्यसबाट उपभोक्ता ठगीको सम्भावना बढी रहेको भन्दै विभागले दराजको व्यवसायमाथि पहिलो पटक निगरानी थालेको थियो। त्यस्तै, दराज कम्पनीको व्यापारको वैधता र उपभोक्ता ठगिको विषयमा अनुगमन गरेको विभागले अनुगमन गरेको ३ महिनापछि निर्णय सार्वजनिक गर्दै उक्त कम्पनीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार कसुर गरेको भन्दै कारबाही गरेको थियो। 

ऐनको उक्त दफामा रहेको प्रावधान हेर्दा दराज क्यामु कम्पनीले ‘वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गरेको’ देखिन्छ। 

वाणिज्य विभागले अनलाइन व्यापार कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरेको यो नै नेपालको पहिलो घटना थियो। गत माघमा दराजलाई कारबाही गरेपछि विभागले दजनौं अरु अनलाइन व्यापार कम्पनीलाई पनि कारबाही गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)
सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ। बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपै... बिहीबार, मंसिर २५, २०८२
सेयर बजारमा गिरावट, ७९ कम्पनीको मूल्य बढ्यो बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन... बुधबार, मंसिर २४, २०८२
आज १८ दिनका लागि ४० अर्ब झिक्दै राष्ट्र बैंक सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १८ दिनका लागि उक्त रकम झिक्न लागेको हो। बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत शनिबार, मंसिर २७, २०८२
एमाले महाधिवेशन उदघाटनस्थलमा कडाइ– बम डिटेक्टर उपकरण र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन शनिबार, मंसिर २७, २०८२
‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’ :  उपप्रमुख डंगोल शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्