काठमाडौं- उत्तर र दक्षिण कोरियाका बीचमा तनाव बढेको छ। यसैक्रममा उत्तर कोरियाले दक्षिण कोरियासँग कुराकानीका लागि स्थापना गरेको संयुक्त सम्पर्क कार्यालय भत्काइदिएको छ।
सीमा क्षेत्र काउसिङमा रहेको सम्पर्क कार्यालयले उत्तरले भत्काइदिएको हो।
दक्षिण कोरियाले सैन्य कारबाही गर्ने धम्की दिएको केही घन्टामै उत्तरले यस्तो कदम चालेको हो।
२०१८ मा यो दुवै कोरियाको सहमतिमा यो कार्यालय खोलिएको थियो।
जनवरीदेखि कोरोना भाइरसको महामारी सुरु भएपछि यो कार्यालय खालि रहेको थियो।
दुई सातादेखि यी दुई देशका बीचमा वाकयुद्ध चलिरहेको थियो। दुवैले एक अर्का विरुद्ध प्रोपोगाण्डा गर्दै आएका थिए। उत्तर कोरियाका राष्ट्रपति किम जोङ उल र दक्षिण कोरियाका समकक्षी राष्ट्रपति मून जे इनका बीचमा सहमतिपछि सम्पर्क कार्यालय स्थापना भएको थियो।
स्थानीय समय अनुसार २:४५ बजे उक्त भवन भत्काइएको हो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।