एजेन्सी– हलिउड अभिनेता तथा रेसलर जोहन सिनाको 'ब्रेकअप' भएको छ। करिब ५ बर्ष अघिबाट प्रेमीका निक्की बेलासँग सम्बन्धमा रहेका जोन सिनाले अब उनीसँग सम्बन्धमा नरहेको बताएका हुन्।
३ हप्तापछि वैवाहिक बन्धनमा बाँधिन केही समयअघि उनीहरुका बीचमा स्वयम्बर समेत भएको थियो। तर यस जोडी अन्ततः बिहे नगर्ने फैसलामा पुगेका हुन्।
एक स्थानीय सञ्चारमाध्यममा अन्तर्वाताका क्रममा जोन सिना र निक्की दुवैले सम्बन्ध तोड्ने फैसला गरेको जानकारी गराएका थिए। उनीहरुले 'ब्रेकअप'पछि पनि एक अर्काको सम्मान गर्ने भन्दै आफुहरुकाे व्यक्तिगत जीवनलाई अन्यथा नलिन आग्रह समेत गरेका थिए।
जोनले 'ब्रेकअप'पछि भने,‘कसैलाई माया, प्रेम गर्न त्यती सजिलो हुँदैन। ५ बर्ष अघि लाग्थ्यो प्रेम गर्न सहज छ, तर ५ वर्षसम्मको अनुभवले त्यस्तो नभइ माया, प्रेम गर्न अत्यन्त कठिन हुने रहेछ र मेरो जीवनमा पनि त्यस्तै असहज परिस्थिती आइपरेको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।