काठमाडौं- बागमती प्रदेशले दूधमा अनुदान दोब्बर गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत दूधमा दिइएको अनुदान बढाइएको हो।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दूधमा दिइएको अनुदान दोब्बर बनाइएको घोषणा गरेका छन्। दूधमा अब किसानले प्रतिलिटर २ रूपैयाँ उत्पादन अनुदान पाउनेछन्।
यसैगरी कृषि उपज बिक्रीका लागि व्यवस्थापन मिलाउने घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।