काठमाडौं– लोकप्रिय पप गायिका इन्दिरा जोशीको आफ्नै रचना रहेको गीत ‘गर्लफ्रेन्ड’ सार्वजनिक भएको छ। नेपाल आइडल पहिलो सिजनकी निर्णायकसमेत रहेकी जोशीको उक्त गीत नेपाली नयाँ वर्षको पुर्वसन्ध्यामा अस्ट्रेलियाबाट रिलिज गरिएको हो।
जोशीको ‘गर्लफ्रेन्ड ‘ गीतमा सुनोद श्रेष्ठ फिचिरंग भएका छन्। ‘गर्लफ्रेन्ड’मा गायिका जोशी आफैंले संगीतसमेत दिएकी छिन्।
अष्ट्रेलियाको मेलवर्न शहरमा उक्त गीतको भिडियो छायांकन गरिएको हो। मेलर्वनको सुन्दर दृश्यहरु कैद गरिएको ‘गर्लफ्रेन्ड’ को म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, एन्जी मुल्मी श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ।
अस प्रोडक्सनको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।