काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अरुको एक इन्च भूमि समेत आवश्यक नभएको बताउँदै आफ्नो भूमि फिर्ता लिएरै छाड्ने बताए। ‘नम्र भाषामा खबरदारी गर्न चाहन्छौं। हामीले अरु कसैको भूगोल चाहेका छैनौं’ पौडेलले भने, ‘हामीले हाम्रो भूगोल चाहेका हौं।’
हरेक नागरिकलाई आफ्नो आमा र मातृभूमि सबैभन्दा प्यारो हुने गरेको पौडेलले बताए। लिम्पियाधुरा‚ कालापानीलगायतका क्षेत्रलाई कलेजोको टुक्राको उपमा दिँदै पौडेलले भने‚ ‘हरेक देशका नागरिकलाई दुईवटा कुरा महत्वपूर्ण हुन्छन् पहिलो आमा‚ दोस्रो मातृभूमी। दिल्ली र बेइजिङले सुनोस् यी दुईवटा कुरा नेपालीका लागि सबैभन्दा धेरै प्यारा छन्।’
नेपालीहरूका लागि आफ्नो मातृभूमि सबैभन्दा प्यारो भएको पौडेलले बताए। महाकाली नदीको पानी आधाआधा हुनेगरी उपभोग गर्ने भनिए पनि विभेद गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।