काठमाडौं– मंगलबारको प्रतिनिधि सभामा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ पेश हुने कार्यसूची थियो ।
समय आउँदा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न खोजे ।
तर अकस्मात कांग्रेस सचेतक निश्कल राईले सदनमा उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि सांसदहरुको संख्या नपुग्ने भन्दै सभामुखको ध्यानाकर्षण गराए ।
लगत्तै सभामुख अर्यालको निर्देशनमा तीन मिनेट घन्टी बजार गणपुरक संख्या एकिन गर्न लगाए । प्रस्ताव पेश गर्नका लागि ६९ सांसद संख्या आवश्यक थियो । तर तीन मिनेटको गणनापछि सदनमा ६१ जना मात्रै सांसद उपस्थित रहेको पाइयो ।
अधिकांश सांसदहरु बाहिरिसकेका थिए । गणपुरक संख्या नपुगेपछि सभामुख अर्यालले अर्को बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेश हुने निर्णय सुनाए । र भदौ १ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।