काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले नक्सामात्र जारी गरेर नभई भूमि आफ्नो बनाउन ठोस पहल गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त भूमि कहिले नेपालको हुन्छ भनी प्रश्न सोधे।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेर हामीले पढ्दै आएका हौं, हाम्रो दल नेपाली कांग्रेसले सरकारलाई पूर्ण सर्मथन गरेको छ’ सिंहले भने‚ ‘तर त्यहाँका गाउँहरू हाम्रो अधीनमा आएको दिन दिपावली गरौंला, प्रधानमन्त्रीज्यू हाम्रो साथ छ सार्थक वार्ता गर्नुस्।’
राष्ट्रियतामा कांग्रेसले कहिल्यै सम्झौता नगरेको भन्दै उनले विपी कोइरालाले सधैं भूगोल र जनता मिलेपछि मात्र राष्ट्रियता बन्ने भन्दै आएको कुरा ध्यान दिन आग्रह गरे। अहिलेको राजनीतिक व्यवस्थाप्रति मानिसको वितृष्णा उत्पन्न भएको भन्दै प्रधानमन्त्री ओलीलाई त्यसप्रति आशा जगाउने काम गर्न आग्रह गरे।
त्यहाँ रहेका तीन गाउँ कहिले हाम्रो क्षेत्रमा आउँछन् भन्दै उनले छिटो वार्ता गर्नका लागि नेपाली कांग्रेसले आवश्यक सहयोग गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।