काठमाडौ- नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले कालापानी, लिपुलेक लिम्पियाधुरालगायत क्षेत्रलाई नक्सामा समेट्दा भएको सर्वसम्मति भूगोल फिर्ता लिदा समेत हुनुपर्ने बताइन्।
संविधान संशोधनमाथि छलफल गर्ने क्रममा बोल्दै नेतृ भुसालले नेपालको अतिक्रमित भूभाग फिर्ता लिँदासम्म एक हुनुपर्ने बताइन्। ‘यी क्षेत्रहरू नेपालकै हुन् भन्ने प्रशस्त प्रमाण र तथ्यहरूरू छन्। हाम्रो भूभाग हो भन्ने प्रर्याप्त आधार छन्।’ भुसालले भनिन्, ‘नक्सा प्रकाशित गर्नेदेखि संविधान संशोधनसम्म भएको यो साथ भूगोल फिर्ता लिँदासम्म हुन सक्नुपर्छ।’
संसदबाट नेपालको ऐतिहासिक लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने दिन जत्तिकै आज आफू खुसी भएको उनले बताइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।