काठमाडौं- विवेक घिमिरेले निर्देशन गरेको फिल्म 'चिनी कम रंग कडा' को 'सुगन्धी चक्षुले' बोलको गीतको लिरिकल भिडिओ सार्वजनिक भएको छ। गीतमा मानव सुवेदी र सुशील सुवेदीको शब्द रचना र मानवकै संगीत र स्वर छ।
मानव सुवेदी, सुशील सिटौला, अनु थापा, सूर्य थापा, रविन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुवेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ।
गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मलाई ओटिटी प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ। यसअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।