• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोनासँगै कालाजार, डेंगु र औलोको जोखिम बढ्यो

64x64
शेरबहादुर ऐर बुधबार, जेठ २८, २०७७  ०८:२३
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणसँगै अन्य रोगको जोखिम पनि बढ्दै गएको छ। प्रदेशमा जटिल र सामान्य श्वासप्रश्वास, कालाजार, डेगु, औलो लगायतको जोखिम बढ्दै गएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको विवरण अनुसार डिसेम्बरदेखि नै सुदूरपश्चिम प्रदेशमा श्वासप्रश्वास र किटजन्य (किरा तथा लामखुट्टेबाट सर्ने रोगहरू) को संक्रमणको जोखिम बढेको छ।

प्रदेशमा डिसेम्बरदेखि अहिलेसम्म जटिल श्वासप्रश्वासका ६ सय ८७ र सामान्य श्वासप्रश्वासका चार सय ७४ गरी एक हजार एक सय ६१ जना बिरामी रहेका छन्।

प्रदेशमा डिसेम्बरमा एक सय १६, जनावरीमा ९३, फेब्रुअरीमा एक सय ६८, मार्चमा एक सय २७, अप्रिलमा ८९, मेमा ८९ र जुनको हालसम्म पाँच जना जटिल श्वासप्रश्वासका बिरामी रहेका छन् भने क्रमशः १३२, ११२, ९०, ७४, ३७, २८ र एक जना सामान्य श्वासप्रश्वासका बिरामी रहेको जनाइएको छ।

लामखुट्टेबाट सर्ने रोगको जोखिम
गर्मी बढेसँगै लामखुट्टे देखा पर्न थाल्छन्। गर्मीसँगै सक्रिय रहेको वर्षातका कारण लामखुट्टे तथा अन्य किराहरूबाट विभिन्न रोगहरू देखा पर्न थाल्ने गर्दछन्। झाडा पखाला, औलो, कालाजार, डेंगी लगायतका रोगहरूको जोखिम रहने गर्छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा डिसेम्बरदेखि जुनसम्म कालाजार, डेंगु र औलो रोगका संक्रमित फेला परिसकेका छन्।

निर्देशनालयका अनुसार डिसेम्बरमा प्रदेशमा कडा खालको औलो संक्रमित दुई, मेमा एक र जुनमा एक जना फेला परेका थिए।

Ncell 2
Ncell 2

यस्तै, प्रदेशमा कालाजारका डिसेम्बरमा तीन, जनबरीमा एक, फेब्रुअरीमा दुई, मार्चमा दुई, अप्रिलमा चार, मेमा छ जना फेला परेको जनाइएको छ।

यस्तै डेगुका डिसेम्बरमा चार, फेब्रुअरीमा एक, मेमा सात र जुनमा एक जना फेला परेको निर्देशनालयले दिएको तथ्यांकमा उल्लेख छ।

बढ्दो जलवायु परिवर्तन, बर्षाको समय, शहरीकरण, औद्योगिकीकरण आदिका कारणले लामखुट्टे एवम् डेंगु ज्वरोको जोखिम बढ्दै गएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए ।

अहिले तीनै तहका सरकार कोरोना नियन्त्रण तथा रोकथाममा लागेकाले अन्य संक्रमणको जोखिम नियन्त्रणमा खासै ध्यान दिएको नपाइएको सरोकारवालाहरू बताउँछन्। स्वास्थ्य निर्देशनालय डोटीले अहिले क्वारेन्टाइनमा आरडिटीसँगै औंलो परिक्षण गर्ने काम मात्र अघि बढाउन मातहातका निकायमा निर्देशन दिएको छ। स्थानीय तहहरूले भने लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि खासै कार्यक्रम अघि नबढाएको जनाइएको छ।

लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु, औंलो, कालाजार रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

विगतमा गर्मी सुरु भएसँगै स्थानीय तह र स्वास्थ्य कार्यालयहरूले लामखुट्टेका फूल, लार्भा, प्युपा र वयष्कलाई ‘खोजीखोजी नष्ट गर्ने’ अभियान सञ्चालन गर्ने गरेका थिए तर अहिले सबै कोरोनाको जोखिम नियन्त्रणमै व्यस्त देखिएकाले पनि जोखिम बढेको स्वास्थ्यकर्मीहरुको भनाई छ।

लामखुट्टेबाट सर्ने रोगबाट जोगिन निवास वरिपरि समय–समयमा (हप्तामा एकचोटि) निरीक्षण गरी पानी भरिएका खाल्टामा माटोले पुर्ने वा मट्टितेल, डिजेल, पेट्रोल, मोबिल हालिदिने, फुटेका सीसा, बोतल, खुला फालिएका टायर, ट्युव, गमला तुरुन्त हटाउने, कुलर, पानी भरिएका खुला टंकी, बाल्टीलाई छोपेर राख्ने, पाँच दिनभन्दा बढी एउटै भाँडोमा पानी नराख्ने, घरबाट निस्कँदा पूरा शरीर ढाक्ने लुगा लगाउने, लामखुट्टेको टोकाईबाट बच्न मल्हमलगाउने, दिउँसो वा राती सुत्दा झुलभित्र सुत्ने, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली लगाउनु लामखुट्टेबाट वच्ने उत्तम रहने स्वास्थ्यकर्मीहरू बताउँछन्।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्