काठमाडौं- नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव आज प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सो प्रस्ताव पेश गर्ने छिन्।
संसद सचिवालयले मंगलबार बिहान ११ बजेबाट सुरू हुने बैठकको सम्भावित कार्यसूचीमा सो प्रस्ताव समावेश गरेको छ।
संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिएको थियो।
भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो।
सम्बन्धित
संविधान संशोधन प्रस्ताव संसदमा दर्ता
संविधान संशोधन प्रस्ताव संसदमा पेश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।