काठमाडौं- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले एकता घोषणा गरी जनता समाजवादी पार्टी बनाउने भनिएकोको करिब डेढ महिनापछि औपचारिक रुपमा एकता गरेको छ। एकीकरण प्रारुप अनुसार जसपामा अब ३ अध्यक्ष र ५३ केन्द्रीय सदस्य रहनेछन्।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष हुने भएका छन् भने उनी नै पहिलो वरीयतामा रहने समेत सहमति भएको छ। यस्तै महन्थ ठाकुर र ३ उपेन्द्र यादव केन्द्रीय समिति अध्यक्ष रहनेछन्। उनीहरु क्रमश दोस्रो र तेस्रो वरियतामा रहनेछन्।
अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता हुने भएका छन्। पार्टीमा केन्द्रीय कार्यकारी समिति वा निर्देशन समिति ५३ जना रहने र केन्द्रीय सदस्य ७०१ सम्म बनाउने तयारी गरिएको छ भने संघीय परिषद सदस्य १००१ सम्म बनाउने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।