काठमाडौं- कोरोना महामारीमा विदेशी भूमिमा रहेका नेपालीकाे पिडा समेटेर तयार पारिएकाे प्रभावन जेकाे लाेकदाेहाेरी गीत 'आउछु फर्केर' सार्वजनिक भएकाे छ। डिएआर मुभिजले बजारमा ल्याएकाे गीतमा गायक तथा सर्जकसमेत प्रभावनजेकाे शब्द, लय र स्वर छ भने स्मृति गाैतमले उनलाई गायनमा साथ दिएकी छन्।
जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय छ। क्यामेरामा पिटर गुरुङ, सम्पादनमा नवीन भट्ट, कलामा राजाराम गौतम र व्यव्स्थापनमा विवेक चौलागाईंको भूमिका छ। प्रभावन जेकै भिडियो निर्देशनमा तयार भएको गितमा विशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन्।
केही समय पहिले प्रभावन जेको टिमले सामाजिक सचेतनामूलक गीतहरु कालापानी, काेराेना (कोभिड-१९), 'घरमै बसाैँ न'का साथै चेतनामूलक सर्ट मुभी पनि बजारमा ल्याएकाे थियाे।
गीतले सबै नेपालीको घरको कथा बोकेको गीतको बजार व्यवस्थापन गरेको 'डिएआर मुभिज एन्ड फिल्म्स'का राजाराम गौतमले बताए।
भिडियो हेर्नुहाेस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।